Print

निर्वाचन नजिकएसंगै पर्वत छिर्ने नाकामा कडाई, यस्तो छ पर्वतको सुरक्षा योजना

५ मंसीर, पर्वत । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लाई लक्षीत गर्देै जिल्लाको सुरक्षा ब्यवस्था कडा पारिएको छ । कास्की हुदै पर्बत छिर्ने नाका डिमुबामा दिनहु बिहान सबेरै देखि बेलुका अबेर सम्म लामो तथा छोटो दुरीका सबारी साधन लाई चेकिङ गर्दै आईएको छ ।

निर्बाचनलाई लक्षित गरेर प्रहरीले विशेष सुरक्षा सतर्कता अपनाएको छ । जिल्ला प्रहरी कार्यालय, पर्बतका अनुसार निर्बाचनको समयमा हुने बिभिन्न क्रियाकलापलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको हो । त्यसै अन्र्तगत राजमार्ग क्षेत्रको ठाउँ डिमुबामा पनि प्रहरी र म्यादिको गस्तीनै बसी चेकिङ लाई कडा पारिएको डिमुबा चौकिका ईन्चार्ज एकनारायण खनालले बताउनुभयो । उहाका अनुसार अहिले १३ जना प्रहरी र ८४ जना म्यादि प्रहरीको सहयोगमा त्यस क्षेत्र आसपासको सुरक्षा ब्यवस्थालाई हेर्दै आईएको छ ।

प्रहरीले मुख्य राजमार्ग क्षेत्रका ठाउँहरुलाई संवेदनशील मानेको छ । ती क्षेत्रहरुलाई लक्षित गरेर क्वीक रेसपोन्स टिम पनि परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय पर्बतले बताएको छ ।