Print

पर्वत प्रहरीले विप्लब कार्यकर्ता प्रक्राउ गरयो

५ मंसीर, पर्वत । पर्वत प्रहरीले विप्लब समूहका कार्यकर्ता प्रक्राउ गर्न शुरु गरेको छ । क्षेत्रिय प्रहरी कार्यालय पोखराले दिएको जानकारी अनुसार आज दिउँसो २ बजेको समयमा स्याङजा जिल्लाको अर्जुनचौपारी गाउँपालिका ५ बगाले भन्ने स्थानबाट माओवादी विप्लब समूहका जिल्ला सह इन्चार्ज ढकबहादुर क्षेत्रीलाई प्रक्राउ गरेको छ ।

कार्यकर्ता प्रक्राउका विषयमा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले संस्कास्पद गतिविधि गरेको आधारमा क्षेत्रीलाई पर्वतको फलेवास नगरपालिका ९ भंगरा र स्याङजा जिल्लाको अर्जुन चौपारी गाउँपालिका वडा न ५ बगालेको सिमानाबाट प्रक्राउ गरिएको पुष्टि गरे । घिमिरेले क्षेत्रीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा लिइएको र उनको गतिविधिको बारेमा अनुसन्धान भईरहेको जानकारी दिए ।

सोमबार मात्रै प्रमुख जिल्ला अधिकारी राजेश पन्थिले जिल्लामा शान्ति सुरक्षाको सन्तोषजनक रहेको एक कार्यक्रमका बताएका थिए । देश भर विप्लब समूहका कार्यकर्ताले विस्फोट लगाएतका गतिविधिहरु गर्दै आइरहेको आधारमा मंगलबार उक्त समूहका जिल्ला सह इन्चार्ज क्षेत्रीलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरिक्षक घिमिरेको भनाई छ ।