Print

युवा नेता पदम गिरी भन्छन-“मन जितेर चुनाब जित्ने हो, मतदाता किनेर चुनाब जित्ने सपना नदेखे हुन्छ”

५ मंसीर,पर्वत । प्रतिनिधिसभा सदस्यका उम्मेदवार पदम गिरीले मतदाता किनेर चुनाव जित्ने योजना त्याग्न पर्बतका काग्रेसलाई चेतावनी दिनुभएको छ । मतदातालाई आर्थिक प्रलोभनमा पारेर र बुथ कब्जा गर्ने रणनीतिमा रहेको काग्रेसलाई यस्ता सपना नदेख्न उहाले आग्रह गर्नुभयो ।
दक्षिण पर्वतको हुवास स्थित हातेमालो चोकमा भएको कोणसभालाई सम्वोधन गर्दै गिरीले मतदातालाई खरिद गरेर चुनाव जित्ने सपना नबनाउन आग्रह गर्नुभयो ।

काग्रेसले बिगतका निर्बाचनहरुमा जनतालाई किनेर चुनाब जित्दै आएको भएपनि जनताले अब सबै कुरा बुझेको भन्दै पर्बतका जनतालाई किनेर चुनाव जित्ने सपना त्याग्न काग्रेसिहरुलाई उहाको आग्रह थियो । यदि पैसाले जनता खरिद गरेको पाएमा घरघरमा पुगेर बाम गठबन्धनले त्यो दुस्साहसबारे भण्डाफोर गर्न बताउनुभयो ।

उहाले चुनावका बेला विकासका ठूला सपना बाँड्दैमा विगतको दोहोरो चरित्र जनताले नभुल्ने दाबी समेत गर्नुभयोे । उहाले जनप्रतिनिधिद्वारा लेखिएको संविधानलाई आफू अनुकूल बनाएर शासन चलाउने काग्रसको सपना मंसिर २१ गतेपछि अन्त्य हुने दाबी गर्नभयो । बामगठबन्धनको समझदारीमै आफू पर्बतको प्रतिनिधीसभा सदस्यको लागि उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएको उहाले बताउनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य पर्वत ख का उम्मेदवार विकास लम्सालले बाम गठवन्धन मुलुकको अहिलेको आवश्यकता भएको बताउँदै बाम नेतृत्वको दिगो सरकार बनेपछि मात्र सवैजसो समस्याहरु समाधान हुने बताउनुभयो । उहाँले आफ्नो गाउँ ठाउँको चौतर्फि विकासका लागि पनि आफुहरुलाई बिजयी गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा समानुपातीक उम्मेदवार जुनादेवी नेपाली, माओवादी केन्द्रीय सदस्य गगन थापा, उमाकान्त भुर्तेल, एमाले नेता मित्रलाल बस्याल, पुण्यप्रसाद आचार्य, माओवादी नेता जयनारायण तिवारी लगायतले सम्वोधन गरेका थिए । महेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन युबराज सेनले गर्नुभएको थियो । यस अघि साविक हुवास गाविसकै भुर्तेलथोकमा पनि कोण सम्पन्न भएको थियो । यता प्रदेश सभा सदस्य पर्वत १ का उम्मेदवार नेत्र अधिकारीको चुनावी प्रचार प्रसार कार्यक्रम चित्रेमा सम्पन्न भएको छ ।