Print

२०४७ सालमा भएको पोखरा–बागलुङ सडक चौडाको निर्णयलाई सडक कार्यालयले निरन्तरता दियो (पत्र सहित)

५ मंसीर, पर्वत । केहि समय देखि विवादीत बनेको पोखरा बागलुङ राजमार्गको सडक चौडको विषय हालका लागि साम्य भएको छ । सडक डिभिजन कार्यालय बागलुङले कुश्मा नगरपालिकालाई पत्र लेख्दै भविश्यमा पोखरा बागलुङ राजमार्ग मध्यपहाडी लोकमार्गमा परिणत हुने भएकाले चौडा ५० मिटर हुने ब्यहोरा जानकारी गराएको थियो ।

कार्यालयले ५० मिटर कायम हुनसक्ने ब्यहोराको पत्र लेखे लगतै नगरपालिकाले उक्त क्षेत्रमा नक्सा पासमा रोक लगाएको थियो भने वैकहरुले घरजग्गा धितो राख्न इन्कार गरेका थिए । उता, स्थानीयबासीले भने त्यसको विरोध गर्दै ३० मिटर कायम हुनुपर्ने भन्दै आन्दोलन गरीरहेका थिए । स्थानीयबासीको माग र कानूनी प्रावधान हेर्दे २०७४ साल असोज २६ गते पुनः दोस्रो पत्र मार्फत कुश्मा नगरपालिकालाई सडक डिभिजन कार्यालयले २०४७ साल वैशाख ११ गते नेपाल सरकारले ३० मिटर सडक चौडाको निर्णय गरेकोले सोहि सिमा कायम रहेको जानकारी गराएको छ ।

२०४७ सालमा ३० मिटर सडक चौडाको निर्णय पश्चात सरकारले आधिकारीक रुपमा हालसम्म कुनै निर्णय गरेको छैन । २०७३ साल चैत्र ६ गते सडक डिभिजन कार्यालयले कुश्मा नगरपालिकालाई पत्र लेख्दै निकट भविश्यमा पोखरा बागलुङ राजमार्ग मध्यपहाडी लोकमार्गको रुपमा विकसित हुने र उक्त लोकमार्गको चौडाई ५० मिटरको हुने जानकारीको पत्र लेखेका थियो । उक्त पत्रमा सरकारको निर्णय भएको कुरा उल्लेख छैन । सोहि पत्र पश्चात नगरपालिका र वैकले कारोबार रोकेसंगै स्थानीयले सरकारले निर्णय नगर्र्दै सडक चौडाई ५० मिटर आफूहरुलाई मान्य नहुने भन्दै आन्दोलन गरीरहेका थिए । सडक चौडाको विवादको अन्त्यमा कार्यालयले २०४७ सालको निर्णय बमोजीमको सिमा कायम रहेको कुश्मा नगरपालिकालाई जानकारी गराएको छ ।