२ मंसीर, पर्वत । जिल्लाको जलजला गाउँपालिकामा नेकपा एमाले र माओवादी केन्द्रका युवाहरुको भेला सम्पन्न भएको छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभालाई लक्षित गरी उक्त भेला सम्पन्न भएको हो । भेलामा युवाहरुले नेपाली कांग्रेस हार मानसिकताका कारण पैसाले मत खरिद गर्न लागेको भन्दै कडा आपत्ती जनाएको छन ।
पैसाले जनमत किनेर नेता हुने आश नेपाली कांग्रेसमा पलाउँदै गएको भन्दै युवाहरुले पैसाले जनमत किन्ने प्रयास गरिए त्यसको प्रतिपाद गर्ने उद्घोष गरे । जनताले मनै देखि रोजेका प्रतिनिधि जनताका काम गर्ने तर पैसाले मत किनेर विजयी भएका नेताले दलाली र पुँजीबादको पक्षमा काम गर्ने भन्दै युवाहरुले प्रत्येक गाउँमा युवा परिचालन कमिटि बनाउने निर्णय गरेको युवा संघ नेपालका धौलागिरी कोषाध्यक्ष अर्जुन निर्जन पौडेलले जानकारी दिए ।
नेकपा एमालेका प्रचार विभाग प्रमुख लालबहादुर अधिकारी, युवा संघका अञ्चल कोषाध्यक्ष अर्जुन निर्जन पौडेल, सह सचिव नवराज गिरी लगाएतका नेताहरुले भेलालाई सम्बोधन गरेका थिए ।




