Print

पर्वतको पैयू पुगेर गिरीले भने –‘कांग्रेस अब विपी र गणेशमानको पार्टी रहेन’

२ मंसीर, पर्वत । नेपाली कांग्रेस अव विश्वेश्वर प्रसाद कोइराला र गणेशमान सिंहको सिद्धान्तको पार्टी नरहेको प्रतिनिधि सभाका सदस्यका उमेदवार एव्म एमाले पर्वतका अध्यक्ष पदम गिरीले बताएका छन । शुक्रबार दक्षिण पर्वतको पैयूगाउँपालिका स्थित भोर्लेमा भएको चुनावी कार्यक्रममा बोल्दै नेता गिरीले सिद्धान्तहिन कांग्रेसपार्टीमा इमानदार कार्यकर्ताको ठाउँ नरहेको बताएका छन ।

लामो समयसम्म पार्टीमा योगदान पुराएका र इमानदार कार्यकर्ताको कांग्रेसमा अव ठाउँ नरहेको भन्दै परिर्वतनशिल कार्यकर्ताहरुले बाम गठबन्धनलाई मतदान गर्न गिरीले अनुरोध गरे । ‘स्वच्छ छविको नेता पाउन अव कांग्रेसमा गाहे छ’ नेता गिरीले भने –‘भ्रष्टचार र दुराचारीहरुले कांग्रेस भरिदै गएको छ ।’

चुनावी अभियान अन्गर्तत शुक्रबार देखि पैयू क्षेत्रमा पुगेमा गिरीले मतदाताहरुलाई स्वतन्त्र र भयरहित वातावरणमा मतदान गर्न दिँदा बामगठबन्धनले अत्याधिक मत ल्याउने समेत बताए ।