Print

नेपाली कांग्रेस परित्याग गरी लेकफाँटका दुई दर्जन युवा एमालेमा प्रवेश

२७ कार्तिक, पर्वत । नेपाली कांग्रेस पार्टी परित्याग गरी जलजला गाउँपालिकाका दुई दर्जन बढि युवा नेकपा एमालेमा प्रवेश गरेका छन । आइतबार जलजलाको लेकफाँटमा आयोजीत कोण सभामा ति युवाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका हुन ।

नव प्रवेशीहरुलाई नेकपा एमालेका केन्द्रिय सदस्य विजय गुरुङ, प्रतिनिधिप सभाका उमेदवार तथा एमाले जिल्ला अध्यक्ष पदम गिरी लगाएतका नेताहरुले टिका तथा माला लगाई नवप्रवेशीहरुलाई एमालेमा स्वागत गरेका थिए । नेपाली कांग्रेस भित्र अधिनायकबाद मौलाँउदै गएको र पारिवारिक पार्टी बनेको धन्दै ति युवाहरु एमालेमा प्रवेश गरेका हुन ।

एमालेमा प्रवेश गर्नेैहरुमा लेकफाँटका रामकृष्ण, पौडेल, विमला पौडेल डिलबहादुर नेपाली, आइते नेपाली राम बहादुर परियार, खडक बहादुर नेपाली, रन्तबहादुर नेपाली, दिपक सार्की, साजकुमार नेपाली, टेकबहादुर नेपाली लगाएतका युवाहरु रहेको एमाले प्रचार विभाग प्रमुख लालबहादुर अधिकारीले जानकारी दिए ।