Print

संयुक्त बामका ३ चुनावी कमाण्डर, यसरी हुँदैछन घरदैलो र चुनावी सभा (कार्यक्रम तालिका सहित)

२० कार्तिक, पर्वत । आगामी मंसीर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि संयुक्त बाम मोर्चाले प्रतिनिधि सभाका लागि एमाले उपाध्यक्ष भक्त कुवंर र प्रदेश न १ का लागि सुदिप कुवंर क्षेत्र न २ का लागि पदमपाणी शर्मालाई चुनावी कमाण्डर तोकेको छ । उनीहरुको कमाण्डमा आगामी चुनाव हाकिने संयुक्त बाम मोर्चाको भनाई छ ।

जिल्ला स्तरीय निर्वाचन परिचालन कमिटिका संयोजक कुँवरले जिल्ला स्तरीय निर्वाचन परिचालन तालिकका बारे जानकारी गराउँदै घरदैलो र भेटघाटलाई पहिलो प्राथमिकता दिएको बताए । उनले केहि विशिष्ट स्थानमा आमसभाको आयोजना गरिएको बताउँदै कृषकको खेतीपातीको महिना भएकाले आम भेलालाई स्थानीय आवश्यकताका आधारमा सञ्चालन गरिने समेत जानकारी दिए । यसैगरी क्षेत्र न १ का निर्वाचन परिचालन कमिटिका संयोजक अर्का कुँवरले निर्वाचलाई सम्भ र शिष्ट बनाउन स्थानीय युवाहरु मार्फत परिचालन अभियानलाई थप ब्यवस्थित बनाइने बताए ।

अतिवादको विरुद्ध लड्ने युवाशक्तिलाई प्रशिक्षण, घरदैलो र टोलसभालाई ब्यवस्थित रुपमा प्रचार शैलीको रुपमा अगाडि बढाइएको उनको भनाई छ । उता, क्षेत्र न २ का निर्वाचन परिचालन कमिटिका संयोजक शर्माले क्षेत्र न २ का सवै वडाहरुमा घरदैलो, टोल सभा र आमभसाको माध्यमबाट निर्वाचनलाई थप ब्यवस्थित बनाउने गरी योजना निर्माण गरिएको जानकारी दिए ।

आगामी कार्तिक २२ गतेबाट प्रतिनिधि सभाका उमेदवार घरदैलो अभियानमा सहभागी हुनेछन भने कार्तिक १९ गते देखि प्रदेश न १ को अभियान सञ्चालन भईसकेको छ । क्षेत्र न २ को अभियान पनि कार्तिक २२ गते देखि नै सञ्चालन हुनेछ ।