
एनआईसी एशिया बैंक सबै आर्थिक सूचकतर्फको प्रगतिमा अन्य बैंकभन्दा अब्वल देखिएको छ । बैंकको भर्खरै सम्पन्न साधारण सभा मार्फत २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५ प्रतिशत नगद लाभांस गरी जम्मा २१.०५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव पास गरेको छ । गत आर्थिक बर्षमा समग्र बाणिज्य बैंकको निक्षेप र कर्जा बृद्धि क्रमशः १० प्रतिशत र २० प्रतिशत रहेकोमा यस बैंकले निक्षेपतर्फ २५ प्रतिशत र कर्जातर्फ २२ प्रतिशतको बृद्धि हासिल गरी समग्र बजार भन्दा उच्चस्तरको र उत्साहपूर्ण परिणाम हासिल गरेको छ ।
यसैगरी समग्र वाणिज्य बैंकहरुको गत बर्षको कुल निक्षेपमा यस बैंकको ३.७९ प्रतिशतको बजार हिस्सालाई सुधार गर्दै यस बर्ष ४.१५ प्रतिशतको बजार हिस्सा ओगट्न बैंक सफल भएको छ । साथै, गत आर्थिक बर्षको समग्र वाणिज्य बैंकहरुको कुल निक्षेप बृद्धिमा ६.७ प्रतिशत हिस्सा ओगट्न समेत बैंक सफल भएको छ । बैंकले शाखा विस्तारको रफ्तारलाई गत बर्ष पनि निरन्तरता दिएको छ । फलस्वरुप गत बर्ष नेपालको बैंकिङ्ग इतिहासमै सबैभन्दा बढि अर्थात् ५३ वटा शाखा बैंकले थप गरेको छ ।
तीब्र शाखा विस्तार सँगै हाल १२१ शाखा तथा ४ विस्तारित काउन्टर मार्फत् बैंकले विभिन्न बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । बैंकले पर्वत जिल्लाको जलजलामा समेत नयाँ शाखा सञ्चालनको तयारी गरिरहेको छ । २० प्रतिशत बोनस पछि ८ अर्ब २ करोड चुक्ता पूँजी पुग्ने बैंकले चाडपर्वलाई लक्षितगरि एन आई सी एशिया बृहत घर कर्जा योजना ल्याएको छ । प्रश्तुत छ, यसै सन्दर्भमा बैंकका गण्डकी धौलागिरी प्रमुुख दिपेन्द्र शर्मा संग पत्रकार गणेश पौडेलले गर्नुभएको कुराकानी ।
एन आई सी एशिया बैंकले ल्याएको बृहत घर कर्जा (NIC ASIA Grand Home Loan) योजना कस्तो किसिमको कर्जा योजना हो ?
नेपालीहरुको महान चाड वडा दसैं, दिपावली र छठ पर्वको अवसरमा एन आई सी एशिया बैंकले घर जग्गा धितोको सुरक्षणमा प्रवाह गर्ने गरी सबै वर्गका ग्राहकहरुलाई लक्षित गर्दै अत्यन्त सरल तवरले छिटो छरिटो रुपमा, विना झन्झट र कर्जा सम्बन्धी कुनै पनि शूल्क नलिने गरील्याइएको अत्यन्तै ग्राहक मुखी कर्जा योजना हो । यस योजना अन्तर्गत न्युनतम ब्याजदरमा सरल र छरितो तवरले ग्राहकको वित्तीय आवश्यकता पुरा गर्न सहायता हुन्छ भन्ने हामिले आशा गरेका छौ ।
यस योजना अन्तर्गत कुन कुन प्रयोजनको लागि कर्जा प्राप्त गर्न सकिन्छ र यसको लागि के गर्नुपर्छ ?
ग्राहकहरुले घर खरिद गर्न, घर निर्माण गर्न, जग्गा खरिद गर्न साथै घर जग्गा धितो राखी विभिन्न व्यक्तिगत वित्तिय आवश्यकताहरु पूरा गर्न को लागि यो सुविधा अन्तर्गत आवेदन गर्न सकिन्छ । साथै अन्य बैकबाट कर्जा उपभोग गरिरहेका ग्राहकको लागि पनि ग्राहकको आवश्यकता र परिस्थिती लाई मध्यनजर गर्दै Case To Case Basis मा यस बंैकले नै अर्काे बंैकको कर्जा चुक्ता गरिदिने प्रवन्ध मिलाउन सक्नेछ ।
यसको लागि ग्राहकले आफ्नो नजिकको शाखामा प्रयोजन खुलाई आवेदन दिन सकिन्छ । साथै ग्राहकको सुविधा लाई ध्यानमा राखि हामिले Online Portal को व्यावस्था गरेका छौ जस मार्फत नै ग्राहकले के कति कर्जा प्राप्त गर्न सक्दछु भनि पूर्व जाँच गर्न सक्ने, कर्जा आवेदन दिन सक्ने साथै ग्राहकले टोल फ्रि नम्वर १६६० ०१ ७७७७१ मा फोन वा ३४४८८ मा SMS गरेर पनि यस योजना अन्तर्गत कर्जाको लागि प्रक्रिया अगाडि बढाउन सकिन्छ । यसको साथ साथै ग्राहक आफैले बंैकको Online Portal मार्फत नै आफ्नो कर्जा प्रस्तावको अवस्था जाँच गर्न सक्ने भएकोले यो योजना पुर्णरुपमा ग्राहकमुखि रहेको छ ।
यो योजना अन्तर्गत कर्जा उपभोग गर्दा के कति व्याज दर पर्न आउछ ?
यस योजना अन्तर्गतको कर्जाको व्याज दर अन्य बंैक तथा वित्तिय संस्थाहरुले लिने व्याज दरको तुलनामा निकै आकर्षक रहेको छ जुन मासिक ०.९ % र वार्षिक १०.८ % हो र यो व्याज दर कम्तिमा २ वर्ष सम्म नबढ्ने Guarantee गरिएको छ ।
यो कर्जा योजनाको कहिले सम्मको लागि कायम गरिको छ ?
यो कर्जा योजना चाडपर्वको अवसरमा ल्याइएको हो र यसको समयावधि आश्विन २०७४ देखि कार्तिक मसान्त २०७४ सम्म रहनेछ ।
एन आई सी एशिया बैंकको यो कर्जा योजना ग्राहकहरुको लागि किन अत्यन्तै आकर्षक र ग्राहक मुखी छ ?
यो कर्जा योजना घर जग्गा धितोमा कर्जा लिनको लागि एन आई सी एशिया बैंक नैं पहिलो रोजाइ बनोस भन्ने हेतुका साथ ल्याईएको हुनाले ग्राहकको हितको लागि यस योजना अन्तर्गत ग्राहकले निम्न बमोजिमका सहुलियत प्राप्त गर्न सक्नेछन ः
-कर्जा स्वीकृती बापत ग्राहकले बंैकलाई बुझाउनु पर्ने कर्जा प्रशासनिक शूल्क नलाग्ने जुन सामान्यतया अन्य बंैकहरुमा कर्जा स्वीकृत रकमको १% हुने गर्दछ ।
-इन्जिनियर बाट घर जग्गाको मुल्याकंन गराउदा ग्राहकले इन्जिनियरलाई बुझाउनु पर्ने मुल्याकंन शूल्क बैंकलेनै तिरिदिने जुन सामान्यतया अन्य बैंकहरुमा करिब रु.१५ हजार हुने गर्दछ ।
-कर्जा सुचना केन्द्रबाट ग्राहकको कर्जा सुचना लिदा बुझाउनु पर्ने शूल्क ग्राहकलाई तिर्न नलगाई बंैकले आफै तिरिदिने । अन्य बैंक सबैले यो शुल्क ग्राहकहरुबाट असुल गर्दछन् ।
-घरको बीमा गर्दा ग्राहकले बुझाउनुपर्ने बीमा प्रिमियमको रकम (सामान्यतया ५० लाखको कर्जाको लागी यो शुल्क रु १२,००० लाग्ने गर्दछ)पहिलो वर्षको लागि बंैक आफैले बेहोरिदिने ।
-घर जग्गाको ब्लू प्रिन्ट र ट्रेस निकाल्न लाग्ने खर्च(करिब रु ४००)बैंकले नै बेहोरिदिने । अन्य बैंकले यो शुल्क पनि ग्राहकहरुसँग लिने गर्दछन् ।
-कम्तिमा २ वर्ष सम्म हाल कायम गरिएको ब्याज दरमा कुनै परिवर्तन नगरिने ।
-३ दिनमै कर्जाको निर्णय दिइने ।
-कर्जाको समयावधि अगावै कर्जा चुक्ता गर्न चाहेमा ग्राहकलाई कुनै किसिमको अग्रिम भुक्तानी शुल्क नलाग्ने । सामान्यतया अन्य बैंकले Outstanding कर्जाको २ प्रतिशत सम्म अग्रिम भुक्तानी शुल्क लिने गर्दछन् ।
यसरी समग्रमा हेर्दा यदि कुनै ग्राहकले एन आई सी एशिया बैंकमा आएर यो कर्जा योजना अन्तर्गत रु ५० लाख बराबरको कर्जा रकम लिने हो भने प्रशासनिक शूल्क बापत लाग्ने रु ५० हजार, कर्जा सुचना लिए बापत लाग्ने रु १६५०, धितो मुल्याकंन बापत लाग्ने शूल्क रु २५,०००, घरको प्रथम वर्षको बिमा प्रिमियम रु १२,००० तथा ब्लू प्रिन्ट र ट्रेस निकाल्न लाग्ने शूल्क रु ४०० गरी लगभग रु ८९,०५० बराबरको रकम ग्राहकहरुलाई प्रत्यक्ष रुपमा नै लाभहुनेछ । यस हिसाबले यो कर्जा योजना पूर्णरुपमा ग्राहक मुखी छ । साथै एन आई सी एशिया बैंक को मुल मन्त्र नै बैंक पनि साथी पनि भएको हुनाले सम्पूर्ण प्रकृया सरल र छरितो पनि छ ।
यो कर्जा योजनाको समयावधि के कति रहेको छ ?
यो कर्जा योजना चाडपर्वको अवसरमा ल्याइएको हो र यसको समयावधि आश्विन २०७४ देखि कार्तिक मसान्त २०७४ सम्म रहनेछ ।
यो योजना अन्तर्गत के कस्तो प्रकृतिको कर्जा प्राप्त गर्न सकिन्छ ?
ग्राहकको आय स्रोत तथा कर्जा आवश्यकताको स्वरुप लाई मध्यनजर गर्दै यस योजना अन्तर्गतको कर्जा मासिक व्याज मात्र वुझाउने गरि Overdraft (अधिकतम रु ७५ लाख) प्रकृतिको वा मासिक किस्ता (साँवा ंव्याज) वुझाउने गरि Term Loan प्रकृतिको वा दुवैलाई Mix गरि केहि रकम Overdraft- (अधिकतम रु ७५ लाख ) र केहि रकम Term Loan को हिसावले समेत प्राप्त गर्न सकिन्छ ।
के यो कर्जा योजना नेपाल राष्ट्र बंैकले तोकेको रु १ करोड ५० लाख सम्मको आवासीय घर कर्जाको लागि मात्र उपलब्ध हुने हो ?
यो कर्जा योजना नेपाल राष्ट्र बंैकले तोकेको रु १करोड ५० लाख सम्मको आवासिय घर कर्जाको लागि मात्र नभइ एन आइ सी एशिया बंैकले घर जग्गाको सुरक्षणमा प्रवाह गर्दै आइरहेको अन्य कर्जाहरु जस्तै ःघर सुविधा, सजिलो कर्जा, सजिलो सुविधाहरुमा समेत उपलब्ध छ ।
यस योजना अन्तर्गतको कर्जा कुनकुन शाखाहरुमा उपलब्ध छ ?
यस योजना अन्तर्गतको कर्जा यस बंैकका गण्डकी धौलागिरी क्षेत्रमा रहेका १२ शाखाका साथै यस बैकका सम्पूर्ण शाखा कार्यालयहरु (१३० भन्दा बढि) बाट प्राप्त गर्न सकिन्छ ।
यो योजना अन्तर्गत कर्जा उपभोग गर्न कस्ता व्यक्तीहरुले आवेदन गर्न सक्छन ?
यो कर्जा सबै खाले आय वर्ग भएका ग्राहकहरुका लागि सम्माजनक हिसावले उपलव्ध छ । यस योजना अन्तर्गतको कर्जा उपभोग गर्न ग्राहकको सम्पूर्ण विश्वसनीय आम्दानीका स्रोतहरु जस्तै ः तलव, घर भाडा, गाडी भाडा, कृषि, वैदेशिक रोजगार, ब्यापार व्यवसायको आम्दानी, पेन्सन इत्यादी बंैकको लागि स्वीकार योग्य हुनेछ ।
ग्राहकको आम्दानीको रकमलाई नैं आधार मानेर कर्जाको प्रकृति तथा समयावधि निर्धारण गरिने भएकोले यो कर्जा सबै खाले आय वर्ग भएका ग्राहकहरुका लागि उपयुक्त छ ।
यो योजना अन्तर्गतको कर्जामा बंैकले आफ्ना ग्रहकहरुलाई के कस्ता सुविधाहरुहरु दिएको छ ?
एउटा ग्राहकले यो योजना अन्तर्गत कर्जा उपभोग गर्न कुनै पनि शुल्क तिर्नुनपर्ने, कर्जा स्वीकृत नभइन्जेल सम्म बंैकमा उपस्थित हुनुनपर्ने, ग्राहक बंैकमा होईनकि बंैक ग्राहक सम्म पुगेर सेवा प्रदान गर्ने, ग्राहकको आवश्यकता अनुसार पुग्ने कर्जा रकम अपुग भएमा वैकल्पिक माध्यमबाट परिपूर्ति गरीदिने घरमै बसिबसि कर्जा आवेदनको अवस्था जाँच गर्न सक्ने, कुनै पनि किसिमको अग्रिम भुक्तानी शुल्क नलाग्ने भएकाले एन आइ सी एशिया बंैक को यो कर्जा योजना अन्य बंैक तथा वित्तिय संस्थाले प्रदान गर्ने कर्जा भन्दा अतुलनिय रुपले बढि Flexible र सर्वसुलभ छ ।
पोखरा क्षेत्रमा एनआइसी एसिया बैंकको बर्तमान अवस्था कस्तो छ ?
यस बैंकले सन् २००४ देखि पोखरा महेन्द्रपुल बाट सेवा सुरु गरेकामा हाल पोखरा भित्रमात्र न्यूरोडमा क्षेत्रीय कार्यालय सहित महेन्द्रपुल, लेकसाइड, बिरौटा, तालचोक र लामाचौरमा विस्तारीत काउन्टर छ । पोखरा सहित यस क्षेत्रमा १२ वटा शाखा र एउटा विस्तारित काउन्टर छ । छिट्टै ६ वटा शाखा यस क्षेत्रमा थपिदैछ । यो क्षेत्रमा लगानी र कर्जाको अवस्था निकै सन्तोषजनक छ । अन्य बैंकको तुलनामा निक्षेप र कर्जा दुवैमा लिडिङ बैंक हो । यस क्षेत्रमा मात्र करिब साढे ५ अर्व रुपैया भन्दा बढी लगानी र ४ अर्व भन्दा बढी रुपैया निक्षेप संकलन छ ।




