१९ कार्तिक, पर्वत । प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई जिताउन नेपाली काँग्रेस का भातृ तथा शुभच्छुक संस्थाहरुले चुनावी रणनिती तय गरेका छन् । आगमी मंसिर २१ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउन नेपाल दलित संघ जिल्ला कार्य समिति पर्वतले चुनाव प्रचारप्रसार तथा व्यवस्थापन समिति गठन गरेको छ ।
बैठकले नेपाल दलित संघ पर्वतका अध्यक्ष याम परियार‘शिव’को संयोजत्वमा चुनाव प्रचारप्रसार समिति गठन गरेको छ ।संघले जिल्लाका विभिन्न वडामा गठन भएको दलित संघलाई सशक्त ढंगल चुनाव प्रचारप्रसारमा लाग्न निर्देशन दिएको छ । साथै संघले जिल्लामा रहेका गरिव तथा पछाडि परेका बर्ग समुदायलाई लोकतन्त्रको पक्षमा उभिन्न अनुरोध गरेको छ । त्यस्तै नेपाली काँग्रेस कुश्मा नगर कार्य समिति पर्वतले आसन्न प्रतिनिधी सभा र प्रदेश सभाको निर्वाचनमा लोकतान्त्रिक गठबन्धन जिताउन प्रचारप्रसार अभियान थालेको छ ।
समितिले नेपाली काँग्रेस कुश्मा नगर कार्य समिति पर्वतका सभापति रामचन्द्र जोशीको संयोजत्वमा प्रचारप्रसार अभियान थालेको हो । नगर कार्य समितिले सम्वन्धित वडाका पार्टी सभापतिको संयोजक तथा सह–संयोजत्व रहने गरी समिति गठन गरेको जनाएको छ । कुश्मामा आज बसेको भेलालाई सम्वोधन गदै नगर सभापती जोशीले समग्र देशको विकास र स्थायी शान्तिका लागि नेपाली जनताले काँग्रेसलाई मतदान गनर्सपर्ने बताउनुभएको छ । उक्त कार्यक्रमको संचालन नेपाली काँग्रेस कुश्मा नगर कार्य समितिका सचिव सुरेन्द्र केसीले गर्नुभएको थियो । उता, नेपाल निजामती कर्मचारी युनियन संघ जिल्ला कार्य समिति पर्वतको बैठक सम्पन्न भएको छ । बैठक आगमी मंसिर २१ गते हुन लागेको प्रतिनिधी सभा र प्रदेश सभामा लोकतान्त्रिक गठबन्धनको पक्षमा उभिन सम्पूर्ण कर्मचारीहरुलाई जिताउन आग्रह गरेको छ । कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन संघका केन्द्रिय सदस्य रामचन्द्र पौडेललाई सम्मान समेत गरेको युनियनले जनाएको छ । उक्त बैठक नेपाल निजामती कर्मचारी युनियन संघ जिल्ला कार्य समिति पर्वतका अध्यक्ष धुव्र सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
तिन वटा बैठक तथा भेलालाई सम्वोधन गदै नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधी सभाका उम्मेदवार अर्जुनप्रसाद जोशीले लोकतन्त्र र मुलुक जोगाउने जिम्मा नेपाली काँग्रेसको काँधकामा आएकाले यसको रक्षाका लागी काँग्रेसलाई मतदान गर्नका लागी आग्रह गनुभयो । जोशीले गरिब, दलित, महिला समुदायको हक अधिकार सँगै विकास निर्माणलाई प्रभावकारी रुपमा अगाडि बढाउने पार्टि नेपाली काँग्रेसमात्र भएको बताउँदै यस पटकको चुनावमा आफुहरुलाई मतदान गरेर शान्ति विकास र लोकतन्त्रको जर्गेना गर्ने अभियानमा साथ दिन आग्रह गर्नुभएको थियो ।
प्रदेश सभा (क) का उम्मेदवार नवराज गुरुङले नेपाली जनता लोकतन्त्रको पक्षमा रहेको दावी गर्नुभयो । उहाँले बाम गठबन्धनले मुलुकमा साम्यवादी ल्याउन खोजेको आरोप लगाउनु भयो । पर्वतको स्थानिय विकास र उत्थानका लागि आफूले योगदान गरेकोे र एक पटक अवसर दिन गुरुङले आग्रह गर्नुभयो । प्रदेश सभा (ख) का उम्मेदवार राजेन्द्रप्रसाद तिवारीले देशमा स्थायी शान्ति र विकासका लागि नेपाली काग्रेसलाइ विजय गराउनुपर्ने बताउनु भयो । उहाँले आफ्नो उम्मेदवारी पर्वत क्षेत्र नम्वर २ को विकास र समृद्धिका लागि रहेको धारण राख्नुभयो । पर्वत क्षेत्र नम्वर २ विकासले पछाडी परेको बताउँदै अव आफ्नो उम्मेदवारी सँगै विकासको लहर आउने ठोकुवा गर्नुभयो ।




