१९ कार्तिक, पर्वत । जिल्लामा क्रियाशिला दुई बाम घटक नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त वैठक सम्पन्न भएको छ । वैठकले नेकपा एमालेका उपाध्यक्ष भक्त कुँवरको संयोजकत्वमा जिल्ला निर्वाचन परिचालन कमिटिको गठन गरेको छ ।
कमिटिको सह संयोजकमा माओवादी केन्द्रका सन्तबहादुर तमु सविन रहेका छन । यसैगरी सदस्यहरुमा नेकपा एमालेको तर्फबाट लालबहादुर अधिकारी, याम गुरुङ, दाताराम चापागाई, मञ्जु अधिकारी, इश्वरी प्रसाद भुषाल, लालबहादुर गुरुङ, उमा कान्त सुवेदी, शिवप्रसाद पौडेल, खुमप्रसाद सुवेदी, शिवलाल सार्की, जीवन उचै ठकुरी रहेका छन । यसैगरी माओवादी केन्द्रको तर्फबाट बाबुराम कार्की, मनबहादुर पौडेल, ढाकाराम गौतम, गोविन्द केसी, दुर्गाबहादुर तमु, जयनारायण तिवारी रहेका छन ।
नेकपा एमाले पर्वतको पार्टी कार्यालयमा सम्पन्न दुवै गठबन्धको भेलाले जिल्लाका दुवै प्रदेशमा निर्वाचन परिचालन कमिटिको समेत गठन गरेको छ । पर्वत क्षेत्र न १ मा माओवादी केन्द्रका सुदिप कुवंरको संयोजकत्वमा नेकपा एमालेका उप सचिव गोविन्द पहाडी सह सहसंयोजक रहने गरी निर्वाचन परिचालन कमिटिको गठन गरेको छ । उक्त कमिटिको सदस्यहरुमा एमालेका तुंगनाथ शर्मा, शेषराज रेग्मी, प्रेम गुरुङ, विष्णु नेवार, सेती महत र माओवादी केन्द्रका दीपक आचार्य, गंगा तिमिल्सीना, शंकर गिरी रहेका छन ।
उता, क्षेत्र न २ मा भने नेकपा एमालेका सचिव पदमपाणी शर्माको संयोजकत्वमा निर्वाचन परिचालन कमिटिको गठन गरिएको छ । उक्त क्षेत्रमा ऋषीराम भुषाल माओवादी केन्द्रको तर्फबाट सह संयोजक छन । कमिटिको सदस्यमा एमालेको तर्फबाट वैगुष्ठ भुषाल, टिकाराम गौडेल, पिताम्बर घिमिरे, विष्णुराम विक, रेशमलाल न्यौपाने, कमल भुषाल, सुन्दर भुषाल, महेन्द्र श्रेष्ठ रहेका छन । यसैगरी माओवादी केन्द्रको तर्फबाट शोभा क्षेत्री, पदम क्षेत्री र युवराज सेन रहेका छन ।




