Print

कुश्माको लालेश्वर गुफालाई ब्यवस्थित गर्न सरोकारवालाहरु प्रतिबद्ध

१३ असोज, पर्वत । कुश्मा नगरपालिका वडा न ८ चुवामा रहेको लालेश्वर गुफालाई संरक्षण, सम्बद्र्धन र ब्यवस्थित गराउन सरोकारवालाहरुले प्रतिबद्धता जनाएका छन । शुक्रबार पर्वत पर्यटन प्रवद्र्धन केन्द्रले लालेश्वर गुफा परिसरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बत्ताहरुले पर्यटकीय सम्भावना बोकेको गुफालाई ब्यवस्थित गरी आन्तरीक र बाह्य पर्यटक भित्राउन कार्यमा लाग्न प्रतिवबद्धता जनाएका हुन ।

जिल्लामा पर्यटकीय प्रचुर सम्भावनाहरु भएकाले त्यस्ता सम्भावनाहरुको खोजी गरी प्रचार प्रचार गर्ने कार्यमा सरकारी र नीजि सवै क्षेत्र लाग्नु पर्ने कार्यक्रमका बक्त्ताहरुले बताएका छन ।

३८ औं पर्यटन दिवसको अवसरमा आयोजीत पर्वतको पर्यटन विकास विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्त्ताहरुले लामो समय ओझेलमा परेको लालेश्वर गुफाको विकासले समग्र कुश्मा नगरपालिकामा पर्यटन प्रवद्र्धन हुने भन्दै त्यसको विकासमा सवै पक्ष लाग्नु पर्ने बताए ।

कार्यक्रममा केन्द्रका अध्यक्ष शिव शर्मा पौडेल, महासचिव गोविन्द पहाडी, पर्वत उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपि अधिकारी, गैसस महासंघका अध्यक्ष शिव प्रसाद शर्मा, कुश्मा नगरपालिकाका पूर्व कार्यकारी अधिकृत चण्डिका पौडेल, पत्रकार महासंघ पर्वतका सचिव गणेश गिरी, नेपाली कांग्रेसका वडा सभापति देवीप्रसाद पोख्रेल लगाएतले पर्वत जिल्लाको पर्यटकीय सम्भावना र लालेश्वर गुफाको ब्यवस्थापनका विषयमा मन्तब्य ब्यक्त गरेका थिए । अन्तरक्रिया कार्यक्रमको सञ्चालन गुफा संरक्षण समितिकी सचिव शोभा पौडेल जिसीले गरेकी थिइन ।