Print

गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

२ असोज, पर्वत । संगीत तथा इलेक्ट्रोनिक्स ब्यवसायी संघ पर्वतले कुश्मा नगरपालिका २ खुर्कोट स्थित गणेश्वर आधारभूत विद्यालयका विद्यार्थीलाई शैक्षिक तथा सरसफाई सामाग्री हस्तान्तरण गरेको छ । संघले ब्यवसायीहरुबाट संकलीत रकमबाट विद्यालयका झण्डै ४० जना विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण गरेको हो ।

शैक्षिक सामाग्री वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा अध्यक्ष यदुनाथ बास्तोलाले ब्यवसायीहरुको सामाजिक कार्य प्रतिको अग्रसरता प्रति कार्यक्रममा प्रशंसा गरे । उनले ब्यवसायबाट भएको आम्दानीको केहि हिस्सा सामाजीक कार्यमा सवै जनाले लगानी गर्ने हो भने विपन्न वर्गलाई राहत मिल्ने विश्वास समेत ब्यक्त गरे ।

ब्यवसाय संगै सामाजिक कार्यमा सक्रियता जनाउनका लागि उक्त सहयोग रकम हस्तान्तरण गरिएको उक्त कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष डम्मर गिरी, स्वागत उपाध्यक्ष गोपाल रिजाल र सञ्चालन सचिव विष्णु आचार्यले गरेका थिए ।