१ असोज, पर्वत । पर्वतको कुश्मा स्थित शिवालय माविमा पढ्ने लैला खातुनको उपचारको लागि समस्या भएको समाचार पर्वत न्यूज डटकम लगाएतका सञ्चारमाध्यममा प्रसारण भएपछि देश बिदेशवाट सहयोग आउन थालेको छ । लैलाको पित्त र मृगौलामा पत्थरी भएको छ ।
उपचारका लागि अस्पताल पु¥याउँदा १० हजारले उपचार रोकिएकोे खबर आएपछि नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं व्यवस्थापिका संसद सदस्य अर्जुनप्रसाद जोशीले तत्कालका लागि १० हजार उपलब्ध गराउने वाचा गर्नुभएको छ । उहाँले तत्कालका लागि १० हजार उपलब्ध गराउने र थप सहयोग चाहिएमा थप सहयोग गर्ने वताउनुभएको छ ।
१० हजार नहुँदा तत्काल उपचार शुरु गर्न नपाएकोले लैलाका वुवा अवदुल रहमानले सहयोग गर्न आग्रह गर्नुभएको थियो । उहाँको उपचारका लागि १० हजार तत्कालका आवश्यक पर्दा आर्थिक अवस्था निकै कमजोर रहेको मुस्लिम परिवारका खातुन परिवारलाई समस्या भएको थियो ।
त्यस्तै लैलाको उपचारका लागि पर्वतको कुश्मा घर भई हाल विदेशमा रहेका विजयशर्मा दर्पणले पनि १० हजार सहयोग गर्ने जनाउनुभएको छ । उहाँको उपचारका लागि हेमन मल्लले पनि १० हजार रुपैयाँ सहयोग गर्नुभएको छ । लैलाको उपचारका लागि अन्य व्याक्तिले पनि सहयोग गर्ने वचन दिएका छन् । सबै ठाउँवाट संकलन भएको रकम असोज ३ गते वितरण गरिने व्यवस्था मिलाइएको छ ।




