२५ भदौ, पर्वत । पर्वत जिल्लाको कुस्मा नगरपालिका–४ छमर्केमा आइतवार दिउँसो भएको जीप दुर्घटनाका घाइते मध्ये ३ जनालाई थप उपचारका लागि पोखरा लगिएको छ ।
वाग्लुङ पोखरा सडक खण्डमा पोखरावाट म्याग्दी तर्फ जादै गरेको ग १ ज ६५९३ नम्वरको जीप एक्कासी अनियन्त्रित भई सडकको दाया साईडमा पल्टिदा जिपमा सवार चालक सहित १० जना यात्रु हरु मध्ये चालक सहित ७ जना यात्रुहरु घाईते भएका थिए । घाइते मध्ये म्याग्दीको रघुगंगा गाउपालिका –७ बस्ने ६० वर्षिया गौमाया पाईजा सोहि स्थानकी हरिमाया रोक्का, विष्णुमाया पुन लाई थप उपचारको लागी पोखरा गण्डकी हस्पिटल रिफर गरिएको छ । उनीहरुलाई पर्वत जिल्ला अस्पतालले पोखरा रिफर गरेको हो । बाँकी घाइतेको अवस्थामा भने सामान्य रहेको प्रहरीले जनाएको छ ।
Print
अपडेट : कुश्मामा जीप दुर्घटना, ३ जना घाइतेलाई पोखरा लगियो



