२५ भदौ, पर्वत । पर्वत जिल्लाको कुस्मा नगरपालिका–४ छमर्केमा आइतवार दिउँसो भएको जीप दुर्घटनामा सात जना यात्रु घाईते भएका छन् ।
वाग्लुङ पोखरा सडक खण्डमा पोखरावाट म्याग्दी तर्फ जादै गरेको ग १ ज ६५९३ नम्वरको जीप एक्कासी अनियन्त्रित भई सडकको दाया साईडमा पल्टिदा जिपमा सवार चालक सहित १० जना यात्रु हरु मध्ये चालक सहित ७ जना यात्रुहरु घाईते भएका हुन् ।
अन्य चालक सहित ४ जनाको पर्वत जिल्ला अस्पतालमै उपचार भैरहेको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयवाट गएको १० जनाको प्रहरी टोलीले घाईतेहरुको उद्दार गरेको प्रहरी निरिक्षक लिलाराज लामिछानेले जानकारी दिए ।




