Print

चाउचाउ किन्ने बहानामा कुश्मा यी जोडिले राखे अवैध यौन सम्बन्ध, जन्मियो सन्तान, मारेर फाले घरको करेसोमा

१९ भदौ, पर्वत ।  अबैध गर्भधारण गरि नौ महिना सम्म कोखमा पालेको बच्चालाई जन्मने बित्तिकै आमाले नै हत्या गरेको पुष्टि भएको छ ।
पर्वत जिल्लाको कुश्मा नगरपालिका १ पाङमा साउन १६ गते विहान मृत अवस्थामा फेला परेको नवजात शिशुलाई आमाले नै हत्या गरेको पुष्टि भएको हो।

पर्वतको कुश्मा नगरपालिका –१ पाङ सिधाली वस्ने १७ बर्षिया अम्बिका कंडेलले शिशुलार्ई साउन १६ गते बिहान साढे २ बजे चर्पीमा जन्म दिएपछि नाभी तानेर हत्या गरेकी हुन। उनले शिशुलाई हत्या गरेपछि आफ्नै घर पछाडी झाडीमा फालेको स्विकार गरेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । हत्या आरोपी कँडेल अबिबाहित हुन ।

अम्बिकाले कुश्मा नगरपालिका –३ बस्ने वर्ष २५ को दुर्गा वि.क.को अबैध गर्भ धारण गरेकी थिएन । दुर्गा बिकले घरमा पसल सञ्चालन गर्दै आएका थिए । पसलमा चाउचाउ किन्न जाने क्रममा दुई जनाका बिचमा पटक पटक अबैध यौन सम्बन्ध कायम हुँदैआएको थियो । स्थानिय बिद्यालयमा ७ कक्षामा पढ्दै आएकी अम्बिकाले आमालाई आफ्नो नियमित रुपमा महिनाबारी हुँदै आएको भनेर ढाँटि रहेकी थिए । प्रहरीले कुमारी आमा अम्बिका र उनका प्रेमी दुर्गा बिकलाई कर्तब्य ज्यान मुद्दामा अदालतमा म्याद थपेर अनुसन्धान अगाडी बढाएको प्रहरी निरीक्षक लिलाराज लामिछानेले जानकारी दिए । गएको बर्ष पनि पाङ्गकै छिमेकी गाउँ नाङ्गबाङ्गकी एक अबिबाहित युवतीले शिशु जन्माएपछि हत्या गरेर बारीमा गाडेको अवस्थामा फेला परेको थियो ।