Print

‘तराईलाई दुख्दाँ,हिमाल जुर्रमूरायो’

३२ साउन, मुस्ताङ । मुस्ताङ यतिबेला दैवी प्रकोप तथा प्राकृतिक बिपतमा तराईका २६ जिल्ला आक्रान्त बनेको छ ।असंख्य मनहरु बाढीपैरो र डुबानकै कारण क्षेतविक्षेत बनेर जलिरहेको छ । मानविय संम्वेदना गुमेको छ ।थुप्रै मनहरु कुडिएका छन् ,च्यातिएका छन् ।बाँके, बर्दिया,कैलाली र कञ्चनपूर जस्ता दर्जनौ जिल्लाहरु डुबानको चपेटामा परेको छ ।
सिमावर्ती तराईका जनतामा भयावह मानबिय संङ्कट परेको बेला हिमालीक्षेत्र मुस्ताङका बिद्याथी राहत संङ्कलन गर्न जुर्रमूराएका छन् ।के तराई,के पहाड र के मधेस,जो जहाँ रहेपनि हामी सबै नेपाली हौ,एक नेपालीले अर्को नेपालीको दुःखेका मनलाई सिउँनु पर्छ,राष्ट्रिय स्वाभिमानका पक्षमा उभिनुपर्छ भन्ने मान्यताका लिएर मुस्ताङ बिद्यार्थी यसपटक एकजुट भएर लागेका हुँन् । मुस्ताङ सदरमुकाम जोमसोममा अवस्थित जनहित क्याम्पसमा अध्यनरत स्वतन्त्र बिद्यार्थी यूनियन तथा नेकपा एमाले समर्थित बिद्यार्थी भातृसंगठन अनेरास्वबियूले मंगलवार एक औपचारिक कार्यक्रम गरि बाढी पिडितका लागि राहत संङ्कलन अभियान सुरु गरेका छन् ।
राहत संङ्कलन अभियानको सुरुआत गर्दे अनेरास्वियूका अध्यक्ष पेमा छेतेन बि.क.ले राष्ट्रिय अभियानमा मूस्ताङले पनि यसपटक एक्येबद्धता देखाएको बताए ।‘देश दुःखेको छ ,नेपाली मन च्यातिएक छन’अध्यक्ष बि.क.ले भने‘हामीले नगरे कस्ले गर्ने ,अहिले नगरे कहिले गर्ने ।’सो अवसरमा बोल्दै स्वबियू सभापति रविन बाँनियाले तराई परेको मानविय संङ्कटमा मलमपट्टी लगाउने उद्धेश्यले हिमालपारी मुस्ताङले सक्रियता देखाएको उल्लेख गरे ।जो जहा रहेपनि हामी नेपाली हौ,एकआपसमा सहयोग हुनुपर्दछ भन्ने मान्यताका साथ राहतका लागि जुटेका हौ ।बानियाले भने ।उनले राहतको पहिलो दिन सदरमुकाम जोमसोममा राहत संङ्कलन गरिने जानकारी दिए ।
बिद्यार्थीहरुको उक्त अभियानमा नेपाल पत्रकार महासंघ मुस्ताङ शाखाले एक्येबद्धता दर्शाएको छ । यसअघि स्वबियू तथा अनेरास्वबियूले जिल्ला प्रशासन कार्यालय पूगेर राहत अभियानलाई बैधानिक अनुमति प्रदान गरिपाउँ निबेदन पेश गरेका थिए ।‘तराईका बाढी पिडितहरुलाई मुस्ताङ्गी सहयोगी हातहरु एक हौ’ भन्ने ब्यानर र प्लेकार्ड सहित करिव ५० भन्दा बढी बिद्यार्थीहरुको टोलीले अभियानमा जनहित सहभागिता जनाएका थिए । –सुन्दर कुमार थकाली