२९ साउन, पर्वत । जिल्लाको फलेवास नगरपालिका वडा न ९ भंगरामा जोडिएको ट्रान्समिटर हालसम्म पनि सुचारु हुन सकेको छैन । विद्युत प्राधिकरणले जोड्को उक्त ट्रान्समिटर पटक पटक विग्रदा सुचारु हुन नसकेको हो । स्थानीय योगेन्द्र शर्माका अनुसार २ बर्ष अगाडि जोडिएको उक्त ट्रान्समिटरले अझै पनि काम दिन सकिरहेको छैन ।
जडान भएर सुचारु हुँदा केहि दिनमै पड्किएको उक्त ट्रान्समिटरलाई अर्को पटक मर्मत गर्दा पनि विग्रेपछि हालसम्म पनि कार्यालयले चासो नदेखाएको शर्माले पर्वत न्यूजलाई जानकारी दिए । शर्माका अनुसार ट्रान्समिटरले काम नगर्दा गाउँमा विद्युत आपूर्तिमा पटक पटक समस्या हुँदै आएको छ ।
जनप्रतिनिधि चयन भईसकेको परिस्थितीमा पनि ट्रान्समिटर मर्मत गरी त्यसलाई सुचारु गराउन समेत हालसम्म कसैले पनि चासो नदेखाएको उनले ब बताए ।




