Print

पर्वतमा कमजोर बन्दै गएपछि संगठन विस्तार गर्दै कांग्रेस, एमालेमा भने पार्टी प्रवेश गराउन भ्याइनभ्याइ

१८ साउन, पर्वत । दक्षिण पर्वतको विहादिमा माओवादी केन्द्र र नेपाली काँग्रेसलाई ठुलो झड्का लागेको छ । बुधवार बर्राचौरमा आयोजित सभामा काँग्रेस र माओवादी परित्याग गरी दुई सय भन्दा बढि कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।

स्थानिय तहको चुनाव लगत्तै माओवादीका केन्द्रिय सदस्य अनिल मास्के एमालेमा प्रवेश गरेपछि अहिले माओवादीका अधिकांस कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । माओवादी केन्द्र पर्वतका प्रभावशालि नेता तथा जिल्ला कमिटि सदस्य धनराज पुरी सहित काँग्रेस र जनमोर्चा परित्या गरी दुई सय कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले पर्वतका उपसचिब गोविन्द पहाडिले जानकारी दिनुभयो । त्यस्तै राष्ट्रिय जनमोर्चाका धनबहादुर क्षेत्री सहित दर्जनौ कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् । दुई चरणमा भएका कार्यक्रममा माओवादीबाट सवैभन्दा बढि कार्यकर्ता एमालेमा प्रवेश गरेपछि विहादि गाउँपालिकामा माओवादि शुन्यप्राय बनेको बताइएको छ ।

नवप्रवेशीहरुलाई सांसद विकास लम्साल, नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरी, उपसचिब गोविन्द पहाडि लगायतका नेताहरुले दोसल्ला, फुल माला र खाँदा लगाएर स्वागत गरेका थिए ।

नेकपा एमाले जिल्ला अध्यक्ष पदम गिरीले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै केहि दिनभित्रै पार्टीका बैठक बसेर उचित जिम्मेवारी प्रदान गर्ने बताउनुभयो । उहाँले पछिल्लो स्थानिय तहको निर्वाचनलेपनि एमालेनै मुलुकको पहिलो शक्ति हो भन्ने प्रष्ट देखाएको बताउँदै एमालेका जनमुखि कामका कारण पार्टीप्रतिका आकर्षण बढेको बताउनुभयो । उहाँले एमालेभित्रका सवै कार्यकर्ताहरुले कुनै न कुनै जिम्मेवारी पाउने बताउँदै मुलुक र जनताको सेवाका लागि एमाले सदैव तयार रहेको बताउनुभयो । उहाँले पछिल्लो समय सिङ्गो पर्वत एमालेको किल्ला बन्न सफल भएको समेत उद्घोष गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला उपसचिब गोविन्द पहाडि, प्रदेश कमिटि सदस्य देवेन्द्र पाण्डे, सचिवालय सदस्य जीवन उच्चै ठकुरी, विहादि गाउँपालिकाका अध्यक्ष कमल भुसाल लगायतले बोल्नुभएको थियो ।

यसै वीच १३ औ महाधिवेशन भएको डेढ वर्षपछि नेपाली काँग्रेस जिल्ला कार्यसमिति पर्वतका सभापति खिमप्रसाद भुसालले पार्टीको विधान तथा नियमावलीको अधिनमा रही बुधवार जिल्ला कार्यसमिति विस्तार गर्नुभएको छ ।

सभापति भुसालले मनोनित गरेका कार्यसमिति सदस्यहरुमा क्रमशः खगेन्द्रप्रसाद तिवारी, कुलप्रसाद उपाध्याय, डा. चूडामणि शर्मा र मानबहादुर भुषाल हुनुहुन्छ । तीमध्य खगेन्द्रप्रसाद तिवारी १३ औं जिल्ला अधिबेशनमा सभापति भुसालसँगै चुनाव लडेका व्यक्ति हुनुहुन्छभने कुलप्रसाद उपाध्याय पार्टीका पूर्व सचिव तथा नेपाल शिक्षक संघ पर्वतका पूर्व अध्यक्ष हुनुहुन्छ । त्यसरीनै डा. चूडामणि शर्मा पनि नेपाल शिक्षक संघ पर्वतका पूर्व अध्यक्ष र मानबहादुर भुसाल पार्टीका पूर्व जिल्ला सदस्य हुनुहुन्छ ।

सभापति भुसालले पर्वत क्षेत्र नं १ बाट ६ जना र पर्वत क्षेत्र नं २ बाट ७ जना व्यक्तिहरुलाई आमन्त्रित सदस्यमा मनोनित गर्नुभएको छ । जसमा क्षेत्र नं १ बाट रामचन्द्र जोशी, विद्वान गुरुङ, युवराज जोशी, सोम पुन, हेमराज सापकोटा र कमला शर्मा हुनुहुन्छ भने क्षेत्र नं २ बाट डम्बरकुमार प्रधान, एकनारायाण न्यौपाने, डिल्लीराम उपाध्याय, जीतबहादुर नेपाली, देवीप्रसाद विलासी, हरि न्यौपाने र मिना बस्याल हुनुहुन्छ ।

त्यसैगरि सभापति भुसालले बुधवारनै १८ सदस्यीय सल्लाहकार समिति समेत चयन गर्नुभएको छ । जसमा लालकाजी गुरुङ, नबराज गुरुङ, ऋषिकेश तिवारी, लोकनाथ आचार्य, रामशर्मा पौडेल, बसन्तबहादुर सिके, डा. कुशुमाकर न्यौपाने, गिरीराज गौतम, कृष्ण गौंडेल, ललितकला गुरुङ, बलभद्र शर्मा, गंगाराज शर्मा, काशीकुमार जोशी, तिलकबहादुर कुँवर, सोमलाल आचार्य, धनबहादुर राना, ताराप्रसाद भट्टराई र भगवती शर्मा हुनुहुन्छ ।
पर्वतका दुईवटा निर्वाचन क्षेत्रबाट अझै चारजना सदस्यहरु जिल्ला कार्यसमितिमा मनोनित गर्न बाँकी रहेको जिल्ला सचिव युक्तप्रसाद श्रेष्ठले जानाकारी दिनुभयो । बाँकी रहेका जिल्ला सदस्यहरु समेत निकट भविस्यमै मनोनित गरिने र आवश्यकता अनुसार विभिन्न विभागहरु पनि गठन गरिने पार्टी सचिव श्रेष्ठले वताउनुभयो ।