Print

नारायण पौडेल मृत्यु प्रकरण : जिल्ला अदालतले गरयो यस्तो फैसला

१९ साउन, पर्वत । कुश्मा नगरपालिका १ का नारायण पौडेलको हत्या भएको प्रमाण फेला नपरेको भन्दै जिल्ला अदालत बागलुङले आरोपितहरुलाई धरौटिमा रिहा गरेको छ । पर्वतको आइबल एकेडमीमा अध्यापन गराउँदै आएका पौडेल गत जेठ २५ गते देखि परिवारको सम्पर्कमा थिएनन । उनको शव दुई हप्तापछि कालीगण्डकी नदी किनारमा भेटिएको थियो । पौडेलका परिवारले विद्यालयका प्रिन्सिपल र विद्यालयका अभिभावकले हत्या गरेको भन्दै किटानी उजुरी दिएका थिए । झण्डै तीन हप्ताको अनुसन्धानबाट प्राप्त तथ्यहरुलाई आधार बनाउँदै प्रहरीले अदालत सामू मुद्धा अगाडि बढाएको हो । शुरुमा पर्वत प्रहरीले अनुसन्धान गरीरहेको उक्त घटनाका बारेमा प्रमाणहरु जुटन नसकेपछि शव भेटिएको स्थान बागलुङ जिल्ला भएको र मृत्यु पनि सोहि स्थानमा भएको भन्दै अनुसन्धान बागलुङ प्रहरीले गर्नुपर्ने निश्कर्ष निकालेर सवै मिसिल सहित आरोपितहरुलाई बागलुङ पठाएको थियो ।

पर्वत प्रहरीले केन्द्रिय अनुसन्धान ब्यूरो सहितको टिमबाट अनुसन्धान गर्दा पनि हत्या भएको भन्ने कुनै प्रमाण जुटाउन सकेको थिएन । झण्डै एक दर्जन बढि ब्यक्तिहरुसंग प्रहरीले बयान लिनुका साथै घटनाको वास्तविकता पत्ता लगाउन आरोपितहरुको प्रहरीले पोलिग्राफी समेत लिएको थियो । त्यहाँबाट पनि घटनाका बारेमा तथ्यहरु जुट्न सकेको थिएन । प्रहरीले पौडेल वेपत्ता भएको खवर पाए देखि नै विभिन्न ब्यक्तिहरुको टेलिफोनको कड डिटेल समेतको अध्ययन गरेको थियो । त्यहाँबाट पनि हत्याको प्रमाण फेला नपारेपछि प्रहरीले पौडेलको मोवाइलको म्यासेज, र फेसवुकमा भएको म्यासेन्जरको वार्तालाप समेतलाई अध्ययनको दायरामा ल्याएको थियो ।

प्रहरीले केन्द्रिय अनुसन्धान ब्यूरो सहितको टिमबाट अनुसन्धान गर्दा पनि हत्या भएको भन्ने कुनै प्रमाण जुटाउन सकेको थिएन । झण्डै एक दर्जन बढि ब्यक्तिहरुसंग प्रहरीले बयान लिनुका साथै घटनाको वास्तविकता पत्ता लगाउन आरोपितहरुको प्रहरीले पोलिग्राफी समेत लिएको थियो । त्यहाँबाट पनि घटनाका बारेमा तथ्यहरु जुट्न सकेको थिएन ।


अन्ततः प्रहरीले प्रमाण नजुटाइकन भएपनि घटनालाई अदालत सामू पेश गरेपनि अदालतले भने प्राप्त तथ्य र प्रमाणका आधारमा आरोपितहरुले हत्या गरेको प्रमाण नजुटेको भन्दै उनीहरुलाई रिहा गरेको छ । मृतक पौडेलको परिवारले प्रहरीमा दिएको जाएरीमा भनिएको छ–‘विद्यालयका प्रिन्सिपल र अभिभावकले कर्तब्य गर्ने उद्देश्यले विद्यालयमा बोलाइ वीचबाटोमा छेकथुन गरी शरीरका विभिन्न भागमा चोट प्रहार गरी हत्या गरी कसैले नदेख्ने गरी कालीगण्डकी नदीमा फालेको ।’ मृतक पौडेलले वेपत्ता हुने अघिल्लो दिन विदालयका विद्यार्थीलाई कुटपिट गरेका थिए । त्यसको भोलीपल्ट विद्यार्थी कुटपिटका विषयमा छलफल गर्न अभिभावकले विद्यालयमा बोलाए पछि उनी सम्पर्कमा थिएनन । पौडेलका परिवारले प्रिन्सिपल विमल पौडेल, अभिभावकहरु चन्द्रमान प्रधान, देउकुमार श्रेष्ठ, जयबहादुर श्रेष्ठ र विद्यालयकी कार्यालय सहयोगी मञ्जु पुरी विरुद्ध किटानी जाएरी दिएका थिए ।

बागलुङ जिल्ला अदालतमा भएको ३ दिने लामो सुनुवाई पछि अदालतले सवै आरोपिलाई रिहा गरेको छ । आरोपित प्रिन्सिपल घटना भएको दिन जेठ २५ गते विद्यालयमा रहेको, कक्षामा अध्यापन गराईरहेको र विद्यालयकी कर्मचारी पुरी पनि कार्यालयमै रहेका कारण आफूहरुको घटनामा कुनै सग्लन्नता नरहेको उनीहरुले जिकिर गर्दै आएका थिए । उता, देउकुमार श्रेष्ठ भने पौडेल वेपत्ता भएको दिन बेलुका भाषा परिक्षाका लागि काठमाण्डौ गएर त्यसको ४ दिन पछि मात्र कुश्मा आएको बताउँदै आएका थिए । प्रहरीले गरेको अनुसन्धानबाट पनि घटना कसरी, कहाँ र कहिले घटेको हो भन्ने विषयमा कुनै दोषी प्रमाणहरु जुटन सकेको थिएन । अदालतले पुरीलाई १० हजार धरौटि र अरुलाई १ लाख धरौटिमा बुधबार राती भएको आदेश अनुसार रिहा गरेको हो ।

यस अघि वेपत्ता पौडेलको शव पहिचानका लागि काठमाण्डौंको महाराजगन्ज स्थित शिक्षण अस्पतालमा लैजादा घाँटीमा धारिलो वस्तुको चोटका कारण मृत्यु भएको पोस्टमार्टमको रिर्पोट आएपछि घटना थप रहस्यमय बनेको थियो ।

पर्वत प्रहरीले वारदात स्थल पुष्टि हुन नसकेको भन्दै वागलुङ प्रहरीले घटनाको अनुसन्धान गर्न जिम्मा लगाए पनि बागलुङ प्रहरीले पनि घटनाका थप कुनै तथ्यहरु जुटाउन सकेको थिएन । गत जेठ २४ गते विदालयमा विद्यार्थी कुटपिट गरेका पौडेललाई विद्यालयमा जेठ २५ गते छलफलका लागि बोलाइएको थियो । उनी आधा घण्टामा आउँछु भनेर टेलिफोन सम्पर्कमा रहेपनि सोहि समय पछि उनी वेपत्ता थिए । सदरमुकाम स्थित शिवालय माविको कक्षा १२ मा अध्ययनरत पौडेल असार १ गते देख कोठा छाड्ने भन्दै घरवेटिलाई जानकारी गराएको प्रहरीले बताएको छ । उनले आफ्ना साथीलाई जेठ २५ गते २ बजे पछि आफू झापा जाने बताएर आफ्नो परिवारसंग पनि सोहि विषयमा छलफल गरेको प्रहरी रिर्पोटमा उल्लेख छ । अकस्मात उनको मृत्यु कसरी भयो भन्ने विषयमा प्रहरी अनुसन्धानबाट कुनै प्रमाण फेला नपर्दा मृत्यु भने रहस्मय नै बनेको छ ।

पौडेलका परिवार र अधिकारकर्मीहरुले विद्यार्थी कुटपिट मात्रै नभइ अरु विषयमा पनि घटना भएको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाउन अनुरोध गर्दै आएका थिए । प्रहरीले उनको क्याम्पसका साथीहरुको सम्बन्ध देखि पुराना सवै सम्भावित रिसिवीहरुको बारेमा पनि अनुसन्धान गरेको बताएको थियो । यद्यपि कुनै तथ्य फेला परेको थिएन ।