Print

मार्फाको स्याङखोलामा अस्थायी पूल निर्माण, जोमसोम यात्रा सहज बन्दै

२७ असार, मुस्ताङ । नेपाली सेना ,सशस्त्र र जनपथ प्रहरीे टोलीको जनश्रमदानमा मंगलवार साविकको मार्फा गाविस स्याङखोलामा अस्थायी पूल निर्माण गरि शडक संञ्चालन गरिएको छ ।

उत्तर दक्षिण व्यवपारिकमार्ग बिस्तारित आयोजना कालिगण्डकी करिडोर बेनी—जोमसोम शडकखण्ड अन्तर्गत मुस्ताङको स्याङखोला बगरमा वर्षायामको मौसमका कारण आएको बाढीले बिगत एकसाता अघि देखि सवारी आवागमन प्रभावित बन्दै आएको हो ।खोलाको बाढीले शडक अवरुद्ध बनेपछि यातायातका सवारी साधन र सर्वसाधारण यात्रुले शास्ती व्यवहोर्दे आएका थिए । यात्रु समस्यामा परेपछि स्याङ खोला मोटरेबलपूलका ठेकेदार ठेकेदार प्रेमप्रसाद तुलाचनको सक्रियतामा स्याङखोलामा अस्थायी पूल निर्माण गरिएको हो ।

पश्चिमतर्फको स्याङ गाउँको लेकबाट बग्ने खोलाको बाढीले वर्षेनी वर्षायामको मौसममा सवारी आवागमनमा अवरोध सृजना गर्दे आएको स्याङखोला मोटरेबलपूलका ठेकेदार प्रेम प्रसाद तुलाचन बताए ।उनले यसपटक आफ्नाृे जिवनकालकै ईतिहाँसमा ठुलो बाढी आएको स्मरणः सुनाए ।उनले बाढीका कारण शडक अबरुद्ध भएको सुनेपछि सुरक्षाकर्मीको सहयोगमा शडक सुचारुका लागि अस्थायी पूल निमाणर्् गरि सडक सुचारु गर्न पहल गरेको बताए ।उनले अस्थायी पूलका लागि ग्याबिनहरु उपलब्ध गराएको जानकारी दिए ।

त्यस्तै कालिगण्डकी करिडोरले बेनी जोमसोम शडक निर्माण आयोजनाले ५ मिटर लामो २ वटा आईभिम फलामे रड उपलब्ध गराएको आयोजनाका ईन्जिनियर जगत प्रजापतीले जानकारी दिए ।उनले म्याग्दीको बेगखोला र मार्फाको राज खोलामा समेत अस्थायी पूल राखेर शडक सुचारु गरिएको बताए ।

सो अवसरमा सहायक प्रमूख जिल्ला अधिकारी लक्ष्मण खड्काले बेनी जोमसोम शडक सुचारुका लागि अस्थायी पूल निमार्ण गरिएको बताए ।उनले धार्मिक तथा पर्यटकिय जिल्ला मुस्ताङ आउने पर्यटकको सुविधालाई मध्यनजर गर्दे सेना ,सशस्त्र,जनपथ प्रहरी र निजामती कर्मचारीको सहभागितामा अस्थायी पूल संञ्चालन निर्माण गरेर शडक संञ्चालन गरिएको बताए ।-  सुन्दर कुमार थकाली