Print

कालिगण्डकी करिडोरलाई थप १८ करोड दिनु : विकास समिति

२१ असार, पर्वत । व्यवस्थापिका-संसदको विकास समितिले चैत्र महिनामा गरेको कालिगण्डकी करिडोर स्थलगत निरीक्षण भ्रमणको रिपोर्ट सार्वजनिक गरेको छ ।

०७३ फागुण ११ गतेको कालीगण्डकी करिडोरको स्थलगत निरीक्षण गर्ने निर्णयानुसार ०७३ चैत्र २० गते व्यवस्थापिका-संसदको समितिले निरीक्षण गर्ने निर्णय गरेको थियो ।

निर्णय अनुसार टोलिलेपांहदी-हर्मीचौर-अर्बेनी सडक खण्ड (गुल्मी) को १२ कि.मि. सडकमा गरेको स्थलगत निरीक्षण गरेको थियो ।

उक्त निरीक्षणको रिपोर्ट मंगलबार सार्वजनिक गरेको छ ।  उक्त अध्ययनले बेलिब्रिज तथा सडक निर्माणको लागि थप १४ करोड रुपैयाँ निकासाको नभएकोमा चिन्ता जनाएको छ ।

रिडी-पालुङ्गखोला खण्ड र मालढुङ्गा-टाकुरी खण्डमा निरन्तर यातायात संचालन गर्न आवश्यक पर्ने भएकाले थप चार करोड रुपैयाँ र पालुङ्गखोला-टाकुरे सडक खण्डको ट्रयाक खोल्न पाँच करोड रुपैयाँ आवश्यक रहेको औंल्याएको छ ।

अध्ययन टोलीले बदरे, दिङ्ग, बग्दी, होसमादी, सिस्ने, पाती, पुर्तिघाट, घाटे, झ्याप्ले, काभ्रे, टाटा र रादी १२ वटा खोलामा कल्भर्ट हाल्नुपर्ने निश्कर्ष निकालेको छ ।

अध्ययनले नेपाली सेनाको विकास निर्देशनालयलाई समयमै आवश्यक बजेट विनीयोजन गर्नुपर्ने जनाएको छ ।