Print

सडक दुर्दशा : हिलाम्मे छन् सडक,जोखिम छ यात्रा

१३ असार, पर्वत । पर्वतको जलजला गाउँपालिका अन्तर्गत वाँसखर्क, लेकफाँट र शालिजाका ग्रामीण सडक वर्खा लागे संगै जोखिमपुर्ण वनेका छन् । मुख्य सडक सहित सडक सञ्जाल हिलोको कारण जोखिमयुक्त भएका हुन् । वाँसखर्क हुँदै लेकफाँटको लोप्रे जाने सडक, मिलनचोक हुँदै लोप्रे जाने मुख्य सडक हिलाम्मे भएका छन् ।

तिनै सडकका शाखा सडक त प्राय ठप्पै वनेका छन् । पर्यटकिय क्षेत्र नागी पुग्ने पर्यटक, तरकारी ओसार्न र गाउँवाट वजार आउजाउ गर्न स्थानीयले प्रयोग गर्ने यि ग्रमीण सडक अहिले हिलाम्मे हुँदा जोखिम मोलेर यात्रा गर्नुपर्ने वाध्यता वनेको छ । ठुलो वर्षा हुँदा धौलापहरोको पहिरोले सबैभन्दा वढि दुख दिने गरेको छ ।

जिल्ला समन्वय समितिले मर्मतका लागि वर्षेनी रकम खर्चिने गरेपनि हिउँदमा मात्र सहज यात्रा हुने गरेको स्थानीयले वताएका छन् । हिँउदभरि वनाउने वर्खा लागेपछि भेलले वगाएर जस्ताको तेस्तै हुने समस्याले सास्ती पाएको लेकफाँटका टंकप्रसाद सुबेदीले वताउनुभयो । सडक विग्रिएकाले चालकहरुले कोदाली, वेल्चा, धानको भुस वोकेर हिँडनुपरेको वताएका छन् । गाडी फसिने डरले त्यस्ता सामाग्री साथमा वोकेर हिँड्नुपरेको चालक कृष्ण पुनले वताउनुभयो ।

जिल्ला समन्वय समितिले अहिले यो आर्थिक वर्षभित्र मर्मत भएका सडक, जिल्ला समन्वय समितिले वजेट विनियोजन भएर वनेका अन्य योजनाहरुको प्रगतिको वारेमा स्थलगत अनुगमन गरिरहेको छ ।

कलष्टर नम्बर १ को टोलीले हिजो जलजला गाउँपालिकाका योजनाहरुको अनुगमन ग¥यो । अनुगमनका क्रममा योजनाहरु वर्खा लागेसंगै विग्रिन थालेको पाइएको छ । कतिपय योजनाहरु सम्झौता भएको लामो समयसम्म अझै काम शुरु नभएको समेत पाइएको छ । कालिगण्डकी नदि नियन्त्रण कार्यक्रम अन्तर्गत लस्ती र मालढुङगाको वस्ती जोगाउने कालीगण्डकी नदि नियन्त्रण कार्यक्रम फागुनमा पेश्कि वुझेर समेत अहिलेसम्म काम शुरु हुन सकेको छैन । कतिपय सडक मर्मत अन्तर्गतका कामहरु भने सम्पन्न भैसकेका छन् ।

निर्वाचन क्षेत्र पूर्वाधारको वजेटले केहि सडक अहिले सुधारोन्मुख देखिएका छन् । धाईरिङ, लेकफाँट, शालिजामा निर्वाचन पूर्वाधार कार्यक्रमको ४५ लाख वजेट विनियोजन भएकोमा उक्त वजेट अन्तर्गत विग्रिएको वाटोमा नाली वनाउने, सोलिङ गर्ने, जाली भर्ने जस्ता काम भैरहेको पाइएको अनुगमन टोलीका संयोजक भक्त कुँवरले वताउनुभयो ।

लुङदीखोलामा वन्दै गरेको पक्कि पुल समेत काम सम्पन्न भएर सञ्चालन गर्ने तयारी भएको छ । अनुगमन टोलीले पुलको शुरु देखि अन्तिम सम्म भएका काम र प्रगतिको वारेमा आयोजना स्थलमा खटिएका ईन्जिनियर संग अन्तरक्रिया गरेको छ । स्थानीय उपभोक्ता समिति र निर्माण समितिले गरेका कामको गुणस्तर समेत अनुगमन टोलीले मापन गर्ने काम गरेको छ । जिल्ला स्तरिय अनुगमन टोलीमा भक्त कुँवर, देवि शर्मा, लालवहादुर हरिजन, हरि गौतम, गणेशवहादुर क्षेत्री, मदन गुरुङ लगायत रहेका छन् । अनुगमन पश्चात टोलीले जिल्ला समन्वय समितिको समिक्षा वैठकमा प्रतिबेदन पेश गर्ने जनाइएको छ । – रोशन तिवारी