Print

पर्वतमा भीरबाट लडेर एकको मृत्यु, आगलागीबाट लाखौको क्षति (प्रहरी विज्ञप्ति सहित)

१३ जेठ, पर्वत । पर्वतको तिलाहारमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । आगोलागीबाट भुकताङलेमा एक घर पूर्ण रुपमा जलेर नस्ट भएको छ भने विजुली सर्ट भएर आगो लाग्दा कुश्मा नगरपालिका १ मा २ वटा कोठा जलेर पुर्ण रुपमा नस्ट भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएकोछ ।