Print

फेरी चर्कियो जलजलाको केन्द्र विवाद, जिपिएसको आधारमा केन्द्र तोक्न बहुमत सदस्यको माग

९ असार, पर्वत । अपायक केन्द्र भएको भन्दै आन्दोलीत जलजलाबासी पुनः आन्दोलीत बनेका छन । पुर्नसंरचना आयोगले जलजलाको केन्द्र साविक माझफाँट गाविसमा तोकेपछि केन्द्र अपायक भएको भन्दै चुनाव अघि देखि आन्दोलीत जलजला गाउँपालिकाको ५ वटा वडाका स्थानीय पुनः आन्दोलीत बनेका हुन ।

चुनाव पछि जनप्रतिनिधिहरुको पहिलो वैठकले केन्द्र पुनः तोक्न सक्ने प्रावधान भएपनि आगामी गाउँसभामा समेत केन्द्रका विषयमा छलफल नहुने निर्णय भएको भन्दै जलजलाबासी आन्दोलीत बनेको स्थानीय सोम जिसीले जानकारी दिए । आन्दोलन अन्तर्गत दुई दिन अघि वडा कार्यालयमा तालाबन्दी गरेका उनीहरुले शुक्रबार भने ताला खोलेका छन । बहुमत सदस्यको हस्ताक्षर सहित केन्द्र गुगलको जिपिएसका आधारमा तोक्न माग गर्दै उनीहरुले ताला खोली वडा कार्यालयको नियमित कार्य सम्पादनमा सहजता ल्याएका हुन ।