Print

बिहादी गाउँपालिकामा रित्तिदै माओवादी, केन्द्रिय सदस्य सहित तीन दर्जन कार्यकर्ता एमालेमा प्रवेश

 ९ असार, पर्वत । नेकपा माअ‍ोवादी केन्द्रका केन्द्रिय सदस्य अनिल मास्के नेकपा एमालेमा प्रवेश गरेका छन् ।
दक्षिण पर्वतको बिहादि गाउँपालिका स्थित रानीपानीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

जीवनको उर्जाशिल समयसम्म नेकपा माओवादी केन्द्रमा लागेपनि मुलुक र जनताका लागि राम्रो काम गर्न नसकेको भन्दै एमालेमा प्रवेश गरेको मास्केले बताए । उनले अब नेकपा एमालेमा रहेर सक्रियता पूर्वक राजनीतिक गर्ने बताए । एमाले नेतृत्वले लिएको राष्ट्रियता प्रतिको अडान र मुलुक निर्माणमा एमालेको भूमिका लगायतका विषयले आफु प्रभावित बनेर एमालेमा प्रवेश गरेको मास्केले बताउनुभयो ।

माओवादीका मुख्य गढको रुपमा रहेको रानीपानीबाट एमालेमा पार्टी प्रवेश गर्नेमा मायादेवी भट्टराई, यज्ञप्रसाद भट्टराई, प्रविण क्षेत्री, तिर्थराज भट्टराई, चुणामणी पराजुली, गोविन्द मास्के, ओम मास्के र अमृत पराजुली रहेका छन् । त्यसैगरी नेपाली काँग्रेसवाट जयन्तीदेवी गिरी, रणबहादुर क्षेत्री, मनबहादुर क्षेत्री लगायत माओवादी र काँग्रेसवाट गरी ३० जना एमालेका प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई नेकपा एमालेका सांसद विकास लम्सालले फुलमाला लगाएर स्वागत गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै सांसद लम्सालले स्थानियको चुनावपछि नेकपा एमाले मुलुकको पहिलो शक्ति बन्ने विश्वास व्यक्त गर्नुभएको छ ।  सांसद लम्सालले स्थानिय तहमा निर्वाचित जनप्रतिनिधिहरुले जनताका प्रत्यक्ष सरोकारका कामहरु गर्नुपर्नेमा जोड दिँदै मुलुक पार्टीको हितको निम्ति नमुना काम गरेर देखाउन पनि आग्रह गर्नुभएको थियो ।
कार्यक्रममा विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसाल, सो अवसरमा विहादि गाउँपालिकाका सयौ एमाले कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।