Print

कुश्माको बालमन्दिर आधारभूत विद्यालयको बार्षिकोत्सव सम्पन्न

९ असार, पर्वत । बाल मन्दिर प्राथमिक विद्यालय कुश्मा पर्वतको बार्षिकोत्सव, पुरस्कार वितरण तथा छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्वोधन गर्दै कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले शिक्षाको विकास बिना समाज विकास हुन नसक्ने विचार व्यक्त गर्नुभयो । विकासको पहिलो खुड्किलो भनेकै शिक्षा भएकोले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीच त्रिकोणात्मक सम्वन्ध हुुनुर्पेमा जोड दिनुभयो ।

उहाँले नगरपालिका भित्रको शैक्षिक विकासका लागि आफुले हर तबरले सहयोग गर्ने पनि बताउनुभयो । कार्यक्रममा कुश्मा नगरपालिका वडा नं। ५ का अध्यक्ष चित्रकला आचार्य, शिवालय मावि अगुवा श्रोत केन्द्रका श्रोत व्यक्ति प्रेम शर्मा सुवेदी, शिक्षक अभिभावक संघका अध्यक्ष रामकृष्ण कुमाल, विद्यालय व्यवस्थापन समिति सदस्य मानकुमारी गिरी, निवर्तमान विद्यालय व्यवस्थापनका अध्यक्ष बसन्तकुमार कर्माचार्य, लगायतले बोल्नुभएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत शिक्षक सोमप्रसाद आचार्य र संचालन शिक्षक प्रेमप्रसाद शर्माले गर्नुभएको थियो । सो अवसरमा शैक्षिक सत्र २०७२÷७३ मा उत्कृष्ट हुने छात्र छात्रालाई पुरस्कृत एवं सम्मान गरिएको थियो । कार्यक्रममा हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा कुश्मा नगरपालिकामा उपप्रमुखमा बिजयी सिता काफ्ले लामिछाने र वडा नं। ५ का अध्यक्ष चित्रकला शर्मालाई दोसल्ला ओढाएर अभिनन्दन समेत गरिएको थियो ।