पर्वत ९ असार । पर्वतको कुश्मा नगरपालिका वडा नं. ७ स्थित खरेहा आधारभूत बिद्यालयमा हेमस्मृति छात्रबृत्ति बितरण गरिएको छ ।
बिद्यालयको बार्षिक उत्सवको अवसर पारेर स्वर्गिय हेम शर्मा पौडेलको स्मृतीमा स्थापना भएको हेम स्मृती कोषले बिद्यालयमा सर्वोकृष्ट, दलित, गरिब, सिमान्तकृत समुदायका जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृत्ति बितरण गरेको हो ।
कोषले २०६७ रश्मी गिरी कक्षा ४, सौगात तामाङ कक्षा २, शुष्मा नेपाली कक्षा ३ र नम्रता परियार कक्षा ३ लाई १ वर्षलाई पुग्ने गरी स्टेशनरी, बिद्यालय पोषाक तथा झोला बितरण गरेको छ ।
एक लाख रुपैया अक्षय कोषबाट प्राप्त हुन आएको ब्याजबाट उक्त छात्रबृती बितरण गरेको कुरा उक्त कोषको संरक्षक बालकृष्ण शर्माले बताउनु भयो । बिद्यार्थीलाई कुस्मा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेलले छात्रबृत्ति बितरण गर्नुभएको थियो । कार्यक्रममा बोल्दै पौडेलले सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न वडा कार्यालय र आफ्नो तर्फबाट सहयोग गर्न कुनै कसर बाँकी नराख्ने र आफ्नो कार्य अवधी भित्र बिद्यालयलाई नमुनाको रुपमा बिकास गर्ने प्रतिबद्धता समेत जनाउनु भएको थियो ।
बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रुद्रप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस खरेहा उपशाखाका अध्यक्ष भरतकुमार श्रेष्ठ, शिक्षा बिद् लक्ष्मी प्रसाद शर्माले बिद्यलयको शैक्षिक स्तर उकास्न गर्नुपर्ने कार्यहरु तथा कोषले गरेको योगदानका चर्चा तथा सुझाब दिनु भएको थियो । अवसरमा कोषका अध्यक्ष लालप्रसाद सुवेदीले कोषले गरेका कार्य र आगामी दिनमा कोषले गर्ने योजना समेत राख्नु भएको थियो । प्र.अ. नारायण गिरीले बिद्यालयको गतिबिधि र आय ब्यय प्रस्तुत गर्नु भयो भने स्वागत शिक्षिका भोजकुमारी शर्मा संचालन शिक्षक चुडामणी शर्माले गर्नु भएको थियो ।




