Print

कालीगण्डकी नदीमा फेला परेको शव पर्वतका नारायण पौडेलको भएको पुष्टी

७ जेठ, पर्वत । कालीगण्डकी नदीमा पहिचान हुन नसकेको शव नारायण पौडेलको भएको पुष्टि भएको छ । सडीसकेको अवस्थामा उक्त शव फेला परेको हो । २ दिन अघि फेला परेको उक्त शवलाई पौडेलका परिवारले पहिचान गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

केहि दिन अघि देखि पर्वतको कुश्माबाट वेपत्ता भएका २१ बर्षिय युवा नारायण पौडेल हुनसक्ने आशंका गर्दै प्रहरीले पौडेलको परिवार समेतको सल्लाहमा उक्त शवलाई थप पुष्टीका लागि अस्पताल लगेको थियो ।
गत असार ४ गते जैमीनी नगरपालिका– ८ बेलबगरमा कालीगण्डकी किनारमा असार ४ गते विहान ९ बजेको समयमा फेला परेको शवको बुधवार पहिचान भएको हो ।

पौडेल स्थानीय एक नीजि विद्यालयमा अध्यापनरत थिए । उनी विगत झण्डै दुई साता देखि वेपत्ता थिए । शवको तस्वीर देखेपछी पौडेलकी आमाले छोराले लगाएको बुटिक माला छिद्रा दाँत हातमा बाँदेको डोरो नङ लगाएत बाट चिनेको बताईएको छ । वेपत्ता भएका पौडेलले वेपत्ता हुनु अघि विद्यालयका विद्यार्थीलाई कुटपिट गरेको विद्यालयले जनाएको छ ।

कुटपिटका विषयमा छलफल गर्न भोलीपल्ट विद्यालयमा बोलाइएका पौडेल सोहि दिन देखि विद्यालय नगई बेपत्ता भएका थिए ।