Print

जोमसोम देखि अपर मुस्ताङ जोड्ने बहुप्रतिक्षित मोटरेवल पुल यसरी सम्पन्न भयो

३१ जेठ, मुस्ताङ । वर्षायामको मौसम कालिगण्डकी नदीको बहाव दिनानुदिन बढ्दै गएको र धार्मिक तथा पर्यटकिय स्थल मुस्ताङ भित्रने संम्पूर्ण यात्रुबर्गको अशहजतालाई मध्यनजर गर्दे जिल्ला स्थित बिपत् व्यवस्थापन समितिको बैठकले कालिगण्डकी स्थित जोमसोममा निर्माण गरिएको मोटरेबल पक्कीपूल बिहिवार देखि सुचारु गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बिपत् व्यवस्थापन समितिका संयोजक प्रजिअ रामचन्द्र तिवारी,जिल्ला समन्वय समितिका संयोजक बन्धु प्रसाद बास्तोला,प्रहरी नायब उपरिक्षक हरिहरनाथ योगी,शसस्त्र प्रहरी नायब उपरिक्षक देवराज जोशी,राजनितिक दलका प्रतिनिधि,सरकारी निकायका प्रमुख ,नागरिक समाजका अगुवा ,पत्रकार सम्मिलित बिहिवार बसेको बैठकले यात्रुहित र संम्भावित बिपत् व्यवस्थापनलाई यथोचित निकास दिन पक्की पूलमा हलुका सवारी साधन गुड्न दिने निर्णय गरेको हो ।बैठकले पक्कीपूलको दाँयातर्फ साईडको करिव १ सय मिटर शडक भासिएको अवस्था र बेनी जोमसोम कोरला शडक कार्यालयको सहयोगमा कालिगण्डकी नदि किनाराको सतह देखिको शडकको ग्याबिन उठाई फराकिलो बनाउने कार्य भैईरहेकाले केहि समयका लागि हेभि सवारी साधनलाई आवत जावतमा रोक लगाउने निर्णय गरेको हो ।

जिल्ला प्राबिधिक कार्यालयका ईन्जिनियर रबिन्द्र तिवारीले यात्रुबर्गको हित र कालिगण्डकी नदिमा सवारी डुब्नसक्ने खतरालाई ध्यानमा राख्दै तत्कालका लागि हलुका सवारी मात्र पास हुनेगरी पूल सूचारु गरिएको जानकारी दिए ।‘पक्कीपूलमा छिटफुट काम बाँकी छन्,काम छिटो संम्पन्न गर्ने प्रयत्नमा जुटेका छौं—तिवारीले भने‘पक्कीपूल वरपरको शडक फराकिलो गर्ने कार्य सक्किन साथ सबै प्रकारका सवारी साधन निर्वाद गुड्ने छन् ।’

उनका अनुसार ४६ मिटर लामो पक्की पूलको ३ पिस जोईन जोड्ने रबर प्राविधिक कारणले ढिलाई हुँदा जडान गर्न नसकिएको खुलाए ।ईन्जिनियर सकलदेव शर्माले श्रावणको पहिलो सातादेखि सबै प्रकारका सवारीले पूलमा ओहोर दोहोर गर्न सक्ने बताए ।उनले जनचाहना अनुसार कार्यगर्दा समेत प्राविधिक कारणले निर्माणमा ढिलाई हुँन पूगेको स्विकार गरे ।

भारतिय राजदुताबासको ४ करोड ४४ लाख रुपैयाँ लागतमा आ.व. २०६८÷०६९ साल देखि बि.टि.÷जयओम निर्माणसेवा प्रा.लि. जे.भि. काठमान्डौले उक्त मोटरेबल पक्की पूल निमार्णको जिम्मा लिएको हो । लम्बाई ४६ मिटर र चौडाई ७.२० मिटर रहेको उक्त मोटरेबल पूलको दुईतर्फी क्यारेज ६ मिटरको छ ।पक्कीपूलका लागि ४ करोड र पूलमुनि बिछ्याईने हिमपाईप कल्वड निर्माणमा ४२ लाख खर्च भएको छ ।लामो समयको प्रतिक्षापछि जोमसोम स्थित कालिगण्डकी पक्की मोटरेबल पूल संञ्चालनले मुस्ताङको पर्यटक प्रर्वद्धनमा नया उर्जा थपिने एमाले जिल्ला अध्यक्ष चन्द्रमोहन गौचनको भनाई छ ।        – (सुन्दर कुमार थकाली)