Print

प्रदेश उपाध्यक्षलाई उद्योग बाणिज्य संघ पर्वतको बधाई ज्ञापन

३० जेठ, पर्वत । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. ४ का नवनिर्वाचित उपाध्यक्ष हरिओम शर्मा लामिछानेले समग्र प्रदेश नं. ४ को आर्थिक विकासमा सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाउनुभएको छ ।

मुलुकका अन्य प्रदेशहरुको तुलनामा प्रदेश नंं. ४ हरेक दृष्टिकोणले अगाडि रहेको बताउँदै निजि क्षेत्रबाट गर्न सकिने कुनैपनि काममा पछि नहट्ने बताउनुभयो । नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश नं. ४को प्रथम भेलाबाट उपाध्यक्ष पदमा निर्वाचित हुनुभएका लामिछानेलाई पर्वत उद्योग बाणिज्य संघद्धारा आयोजित बधाई ज्ञापन तथा सम्मान कार्यक्रममा उहाँले राज्यको लगानीलाई एकत्रित गरी उद्योग, व्यावसायको विकासमा केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले प्रदेश नं. ४ पर्यटन, उर्जा, जडिबुटी लगायत अन्य उत्पादन मुलक हिसावले पनि अघि रहेको बताउँदै सवै सम्भावनाहरुको पहिचान गरी तिनीहरुको विकासका लागि सक्रिय हुने पनि बताउनुभयो । सो अवसरमा पर्वत उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, पूर्व केन्द्रिय सदस्य, कार्यसमिति सदस्यहरु तथा अन्य उद्योगी, व्यावसायीहरुको सहभागिता रहेको थियो । लामिछानेलाई फुलमालाले सम्मान गर्दै वधाई समेत ज्ञापन गरिएको थियो ।