Print

कुश्माको पाङ जाने सडक कालोपत्रे

३० जेठ, पर्वत । कुश्मा नगरपालिका वडा न १ पाङ पुग्ने मुख्य सडक कालोपत्रे भएको छ । कुश्मा नगरपालिकाको चालु आर्थिक बर्षको बजेटबाट उक्त सडक कालोपत्रे गरिएको हो ।

कुश्मा १ सहस्रधारा देखि पाङको मुख्य बस्तीसम्म पुग्ने सडक कालोपत्रे गरिएपछि भने उक्त क्षेत्रका स्थानीयले सहज सडक सुविधा पाएका छन । झण्डै ४ किलोमिटरको सडरकमा अहिले १ किलोमिटरको काम सकिएको छ भने बाँकी सडकको कालोपत्रे कार्य भईरहेको छ ।

चालु आर्थिक बर्ष भित्र उक्त सडकलाई कालोपत्रे गरिसक्ने गरी काम भईरहेको छ । पाङ क्षेत्र जोड्ने आधा दर्जन सडक भएपनि मुख्य सडकको रुपमा रहेको यस सडक कालोपत्रे भएपछि यात्रा सहज हु्ने स्थानीय बासीको भनाई छ । उक्त सडक हुँदै जलजला गाउँपालिकाको वनौ क्षेत्र समे जान सकिन्छ ।