Print

विवाह उत्सवको अवसरमा पोखरेल परिवारले गरे आर्थिक सहयोग

 २६ जेठ, पर्वत । पर्बतका एक सुनचादि ब्यवसायी परिबारले सामाजिक संघ संस्थहरुलाई सहयोग गरेका छन् ।
पोख्ररेल सुनचाँदी पसलका सञ्चालक हर्कवहादुर पोख्रेल र अप्सरा पोख्रेलका छोरा विकास विक्रम पोख्रेलको विवाहको उपलक्ष्यमा पर्वत मिलन क्लव, पर्वत व्याडमिण्टन संघ र नेपाल पत्रकार महासंघ पर्वतलाई नगद सहयोग गरिएको हो ।

पर्वत मिलन क्लवलाई २५ हजार, पर्वत व्याडमिण्टन संघलाई २० हजार र नेपाल पत्रकार महासंघलाई १५ हजार रुपैयाँ सहयोग प्रदान गरिएको छ । पर्वत मिलन क्लवका अध्यक्ष लक्ष्मण श्रेष्ठ, व्याडमिण्टन संघका अध्यक्ष प्रेम गुरुङ र नेपाल पत्रकार महासंघका अध्यक्ष छविलाल तिवारीलाई आज एक समारोहका विच नगद सहयोग हस्तान्तरण गरिएको हो ।

विवाह वन्धनमा वाँधिएका विकास विक्रम पोख्रेलका दाजु एवं पर्वतका विभिन्न क्लव तथा सामाजिक संघ संस्थामा आवद्ध यूवा एवं विनोद विक्रम पोखरेलका अनुसार विवाहमा हुने खर्चलाई जोगाएर सामाजिक संघ संस्थालाई सहयोग गरिएको वताउनुभयो । विकासको विवाह पोखरा लेखनाथ नगरपालिका १ कि विन्दी गदाल संग भएको हो ।