२६ जेठ, पर्वत । चर्चित लोक गायक वैकुण्ठ महतको नयाँ गीत बजारमा आएको छ । निर्वाचनलाई लक्षित महतले चुनाव चिन्ह् बोलको गीत बजारमा ल्याएका हुन ।
महतको शब्द र संगीतमा तयार भएको उक्त गीतमा कोमल ओली, विमलराज क्षेत्री, विष्णु खत्री, वैकुण्ठ महत, पूर्णकला विसी, सितल शर्मा र सितु थापाको स्वर रहेको छ । बरदान डिजिटलको प्रस्तुतीमा उक्त गीत बजारमा आएको हो ।




