Print

जिल्ला अस्पताल ब्यवस्थापन समितिमा क्षेत्री र लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा गुरुङ यसरी भए नियुक्त

२५ पर्वत, जेठ । पर्वतको फलेवास नगरपालिका प्रमुख पदमा उम्मेदवारी दिने आकांक्षी देखाएकी नेपाली काँग्रेसकी महिला नेतृ अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त भएकी छिन ।

नेपाली काँग्रेसकी महासमिति सदस्य राधाकुमारी कुँवर क्षेत्रीलाई स्वास्थ्य मन्त्रालयको हालैको निर्णयवाट अस्पताल विकास समितिको अध्यक्षमा नियुक्त गरेको हो । यस अघि अस्पताल विकास समितिको अध्यक्षमा नेकपा एमालेका युवा नेता शिब शर्मा पौडेल रहेका थिए । उनले अस्पताल र जिल्लाको समग्र स्वास्थ्य क्षेत्रमा राम्रो कामको शुरुवात गरेको अस्पतालका कर्मचारीहरुको भनाई छ ।

हालै नियुक्त हुनुभएकी महिला नेतृ क्षेत्री स्थानिय तहको निर्वाचनमा फलेवास नगरपालिकाको प्रमुख पदमा टिकटका लागि दाबेदार थिइन ।

यसैगरी महाशिला गाउँपालिकामा रहेको लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका उमेदवार कृष्ण गुरुङ उज्वललाई नियुक्त गरिएको छ । स्थानीय तहको चुनावमा गाउँपालिका अध्यक्षमा पराजी गुरुङले बुधबार देखि औपचारिक रुपमा पदभार ग्रहण गरेका छन ।

पदभार ग्रहण गर्दै ठूलो परिर्वतन भन्दा देखिने गरी साना परिर्वतन आफूले स्वास्थ्य संस्थामा गर्न चाहेको जानकारी दिए । कर्मचारीहरुको उच्च मनोबल भएमा मात्र स्वास्थ्य सेवा प्रभावकारी हुने भन्दै उनले कर्मचारी ब्यवस्थापन पनि आफ्नो दायित्व रहेको बताए । दक्षिण पर्वतका लुंखु स्वास्थ्य केन्द्रमा विशेषज्ञ डाक्टर सहित, एम्बुलेन्स सेवा, एक्सरे सेवा लगाएतका सेवाहरु छन ।