Print

मोदी गाउँसभामा एमालेको प्यानलै विजयी, बिहादीमा कांग्रेस गठबन्धन विजयी

 २१ जेठ, पर्वत । पर्वत जिल्लाको मोदी गाउँपालिकाको गाउँ कार्यपालिका गठन भएको छ । कार्यपालिका गठनका लागि शनिवार भएको निर्वाचन प्रकृयामा नेकपा एमालेको प्यानल बिजयी भएको छ । दुई दलित र अल्पसंख्यक तथा चार जना महिला सदस्यका लागि भएको निर्वाचन प्रकृयामा एमाले बिजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचित हुनेमा दलित तथा अल्पसंख्यक बाट प्रेमबहादुर विक र दुर्गा रसाईली रहनुभएको छ । त्यसैगरी महिला सदस्यहरुमा लक्ष्मी विक, लालमती विक, देवि चापागाई र बिजुलाकुमारी शर्मा रहनुभएको छ ।

उनिहरुलाई शनिवार नै गाउँ पालिका अध्यक्ष प्रेमप्रसाद पौडेलले पदभार ग्रहण गराउनुभएको थियो । उक्त गाउँपालिकाका ८ वटा वडा मध्ये ७ वटा वडामा एमाले र १ वडामा नेपाली काँग्रेस बिजयी भएको थियो । १४ जनाको गाउँ कार्यपालिकामा १ सदस्य नेपाली काँग्रेसका रहेका छन् ।

विहादीमा काँग्रेस माओवादी गठवन्धन बिजयी

त्यसैगरी दक्षिण पर्वतको बिहादी गाउँपालिकाको गाउँ कार्यपालिका पनि गठन भएको छ । कार्यपालिका गठनका लागि भएको निर्वाचन प्रकृयामा नेपाली काँग्रेस र माओवादी केन्द्रको गठवन्धन बिजयी भएका छन् । दुई दलित र अल्पसंख्यक तथा चार जना महिला सदस्यका लागि भएको निर्वाचन प्रकृयामा निर्वाचित हुनेमा दलित तथा अल्पसंख्यक बाट मनिराम दर्जी, रनबहादुर नेपाली रहेका छन् ।

उनिहरु माओवादी केन्द्रका उम्मेवार हुन् भने महिला सदस्यहरुमा केउकला थजाली खगिसरा भुसाल, लक्ष्मी आचार्य र खगिसरा परियार रहनुभएको छ । उहाँहरु मध्ये थजाली माओेवादी केन्द्र र अन्य तीन जना नेपाली काँग्रेसबाट बिजयी हुनुभएको हो ।

उनिहरुलाई शनिवार नै गाउँपालिका अध्यक्ष कमल भुसाल र निर्वाचन अधिकृत मोती सापकोटाले पदभार ग्रहण गराउनुभएको थियो ।