Print

स्वर्गिय उमा रिजालको स्मृतिमा ३ विद्यालयमा अक्षयकोष

१७ जेठ, पर्वत । पर्वतको फलेवास नगरपालिका ३ साविकको शंकरपोखरी ४ नुवारका समाजसेवी विष्णुप्रसाद रिजालले आफ्नी स्वर्गिय श्रीमतीको स्मृतिमा तिन वटा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको छ । स्वर्गिय श्रीमती उमा रिजालको २१ औँ वार्षिक पूण्यतिथीमा रिजालले टुहुरा वालवालिकाको अध्ययनमा सहयोग गर्ने हेतुले अक्षयकोष स्थापना गर्नुभएको जानकारी दिनुभयो ।

त्रिभूवन माविमा १ लाख, जनसहयोगी मावि नुवार चाउकामा ५० हजार र शारदा निमावि रुग्दीमा ५० हजार गरि तिनवटा विद्यालयमा २ लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको हो । वार्षिक रुपमा अक्षयकोषवाट आउने व्याज रकमवाट ति विद्यालयले टुहुरा वालवालिकाका लागि छात्रवृति वितरण गर्ने गरि व्यवस्था मिलाइएको रिजालले वताउनुभयो ।

स्वर्गिय उमाका छोराहरु देव शर्मा, सुरेन्द्र रिजाल, छोरीहरु राधिका गौँडेल र लक्ष्मी लामिछानेले आमाको स्मृतिमा अक्षयकोष स्थापना भएपछि टुहुरा वालवालिकाको पढाईमा यसले सहयोग गर्ने वताए । रिजाल परिवारले आगामी दिनमा अन्य विद्यालयहरुमा पनि अक्षयकोष स्थापना गर्ने सोच वनाएका छन् । –रोशन तिवारी