Print

नेपालकै कान्छा मेयर पर्वतको फलेवासका शर्मा

१४ जेठ, पर्वत । स्थानीय तहको पहिलो चरणको मतपरिणाम सवैजसो ठाउँमा घोषणा भईसकेको छ । घोषीत मतपरिणाम अनुसार राजनीतिमा सक्रिय नेताहरु मध्ये पर्वतको फलेवास नगरपालिकाका नगरप्रमुख (मेयर) भने नेपालकै कान्छा मेयरको रुपमा निर्वाचित भएका छन ।

राजनीतिमा विद्यालय देखि नै सक्रिय शर्मा जिल्लाको फलेवास नगरपालिकामा नेपाली कांग्रेसका निकतम प्रतिद्धन्द्धी गंगा तिवारीलाई पराजीत गर्दै नगरप्रमुखमा निर्वाचित भएका हुन । नगरप्रमुखमा निर्वाचित भएपछि नगरपालिकाको समग्र विकासका लागि विशेष कार्य योजना निर्माणमा सक्रिय शर्मा नेकपा एमालेका जिल्ला कमिटि सचिव समेत हुन ।

एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनिएनको केन्द्रिय सचिवालय सदस्य समेत भईसकेका शर्मा स्नातकोत्तर तह उर्तिण गरेपछि पर्वतको राजनीतिमा थप सक्रिय बनेका हुन । दोस्रो जनआन्दोलनमा पर्वतबाट तत्कालीन सरकारले आन्दोलनकारीहरु मध्ये उनलाई मात्र गिरप्तार गरी १९ दिन हिरासतमा लिएको थियो ।

१९ दिने जनआन्दोलनमा गिरप्तार शर्मालाई शसस्त्र प्रहरी बलको तत्कालीन गणमा हिरासतमा राखिएको थियो । विद्यार्थी आन्दोलनसंगै राजीतिक आन्दोलन शुरुवात गरेका शर्मा कलिलो उमेरमै नगरप्रमुखमा निर्वाचित भएपछि नगर क्षेत्रको विकासका लागि भने योजनाबद्ध ढङगले लाग्ने प्रतिबद्धता ब्यक्त गरेका छन ।

३५ बर्ष ९ महिनाका नगरप्रमुख शर्मा नगरप्रमुख रहेको नगरपालिकामा उपप्रमुख देखी वडा सदस्य हुँदै वडा अध्यक्ष भने ४० देखि ६० बर्षे उमेरका छन । उमेर र अनुभवले भन्दा युवा जोशले राष्ट्र निर्माण हुने बताउदै शर्माले नगरप्रमुखको पदभार ग्रहण गरेसंगै वडासचिव र निर्वाचित पदाधिकारीहरुको संयुक्त वैठकमा जनुमखी कार्य गर्न निर्देशन दिइसकेका छन । चालु आर्थिक बर्षमा विनियोजीत बजेट असार मसान्त भित्र जसरी पनि खर्च गरी विकास निर्माणमा उदाहरणीय कार्य गर्न वडा सचिवलाई निर्देशन दिएको बताउने शर्माले आगामी ५ बर्ष भित्र फलेवास नगरपालिकाकालाई उदाहरणीय नगरपालिका बनाउने अठोट आफूले लिएको बताए ।

संघिय संरचना बमोजीम भरखरै घोषणा भएको फलेवास नगरपालिकामा चुनौतिसंगै अवसर भएका कारण आफ्नो काँघमा गहन जिम्मेवारी आएको बताउदै नगरप्रमुख शर्माले प्रतिपक्षी दलसंग पनि सहकार्य गरेर विकास योजनाहरु लागू गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे । सानो उमेरमै जनप्रतिनिधिको रुपमा कार्यभार सम्हालेका शर्मा फलेवासको कार्किनेटाका स्थायी बासिन्दा हुन ।