१३ जेठ, पर्वत । केहि दिन अगाडी पुर्वहमती अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकारको नेतृत्वबाट राजीनामा दिए लगत्तै सत्ता साझेदार दल नेपाली काँग्रेसका सभापति तथा संसदीय दलका नेता शेर बहादुर देउवालाई सरकार गठनको बाटो खुलेको छ।
नयाँ सरकार गठनको संवैधानिक प्रक्रिया अनुसार देउवालाई देशले जेठभित्रै नयाँ प्रधानमन्त्रीको रुपमा पाउने छ। नेकपा एमालेले खडा गरेको अनेक अड्चन र वाधालाई पार गर्दै सत्तारुढ दलहरु जारी गठवन्धनलाई अझ मजवुत बनाउँदै जान समेत सहमत भएका छन्। यो सहमतिसँगै अब बन्ने सरकारमा कुन कुन दल सहभागि हुने र को को मन्त्रीमण्डलमा सहभागि हुने भन्ने गृहकार्य पनि दलहरुले शुरु गर्न थालेका छन्। त्यसमा पनि सबैभन्दा बढी चासो कांग्रेस र माओवादी केन्द्रले कुन नेतालाई कस्तो मन्त्रालय दिन्छ र सरकारमा सहभागी गराउँछ भन्ने छ ।
पुराना तर राम्रा काम गरेका केहि मन्त्रीलाई दोहोर्यासउन दवाव
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वमा रहेको सरकारमा राम्रो काम गरेको भनेर जनस्तरमा समेत लोकप्रियता कमाएका उद्योगमन्त्री नविन्द्रराज जोशी, स्वास्थ्यमन्त्री गगन थापा र उर्जामन्त्री जनार्दन शर्मालाई सोहि मन्त्रालयमै दोहोर्यायउन सम्वन्धित पार्टीमा नागरिकस्तरबाट दवाव छ। उनीहरुको बारेमा काँग्रेस र माओवादीले के निर्णय लिन्छन त्यसको बारेमा केहि दिनमा थाहा लाग्ने नै छ । तर उनीहरुलाई प्रचण्डको सरकारलाई सफल बनाउन बिषेश योगदान रहेको भन्दै फेरी पनि दोहोर्या उने संभावना उस्तै हरेको बताईन्छ ।
काँग्रेसका सम्भावित अनुहारहरु
यसपाली शेर बहादुर देउवा आफै प्रधनमन्त्रीको रुपमा सरकार बनाउन लागेको बेला आफैले अधिल्लो पटक समेट्न नसकेका थुप्रै अनुहारहरुलाई समेट्नुपर्ने दवावमा छन् । जतिसुकै नकारेपनि काँग्रेसभित्रका समुहहरुको व्यवस्थापन गर्दै अघी बढ्नुपर्ने वाध्यतामा देउवा हुनेछन् ।
देउवालाई सरकार बनाउँदा समुहका अतिरिक्त भुगोल, जात, जाती, लिङग, समुदाय सबैलाई मिलाउनु पर्ने दवाव पर्नेछ।
को-को पर्लान त देउवाको रोजाइमा
देउवाको रोजाइमा मन्त्री बन्नेहरुमा उदयपुरका डा। नारायण खड्का, पाँचथरबाट भिष्म आङदेम्वे यो पटक देउवाको नछुट्ने नामावलीमा पर्ने देखिन्छ । यस्तो अबस्थामा देउवाले मिन विश्वकर्मा र देउवाका पुराना विश्वासी नेता इलामका केशव थापा मन्त्रीमा पर्ने सम्भावना छ। यसै गरि फरमुल्लाह मन्सुर उपत्यकाबाट ध्यानगोविन्द रञ्जित र प्रदेश ५ बाट भरत शाह मन्त्री बनाइने चर्चामा छन् ।
तरुण दलका पूर्व अध्यक्ष तथा सांसद उदय शमशेर राणा देउवाको मन्त्रिपरिषदमा यूवा चेहरा बन्न सक्छन। खुम बहादुरको समेतको सिफारिसमा सिन्धुपाल्चोकका मोहन बस्नेत मन्त्रीमण्डलमा पर्न सक्छन्। कर्णालीबाट जुम्लाका सांसद ललित शाही पनि देउवाको मन्त्रीको लिष्टमा पर्ने सम्भावना छ ।
चल्तीको भाषामा सुप भनिने प्रदेश नम्वर ७ बाट डोटीका वीर बहादुर बलायर यो पटक मन्त्रीमा नछुट्ने नामावलीका रुपमा हेरिएको छ। रमेश लेखक निवर्तमान हुँदै छन्। एनपी साउद पनि अघिल्लो सरकारमा थिए।
यस्तै यसपालीको सरकारमा धौलागिरी क्षेत्रमा कांग्रेस स्थापित नेताको रुपमा रहेका अर्जुन जोशीको पनि चर्चा छ । पर्वतबाट तिन पटक जनप्रतिनिधीको रुपमा रहेका नेता जोशीलाई मन्त्री बनाउन पनि देउवालाई एक प्रकारको दवाव छ । तर देउवा निकट श्रोतहरु भने अर्जुन जोशीले मन्त्री र केन्द्रिय सदस्यमा पार्टीको केन्द्रिय सदस्य भएको कारण यसपाली पनि सरकारमा सहभागी हुने संभावना कम रहेको बताए ।
स्थानिय निर्वाचनमा पर्वतमा कांग्रेस राम्रो परिणाम आउन नसक्नुको देकारण पनि जोशी प्रति अबिश्वासको बन्न सक्छ तर जोशीले चाहाना राखेको अबस्थामा यसपाली मन्त्रीको लिष्टमा पर्न सक्ने संभावना रहेको छ । नेपाली कांग्रेस भित्र अहिले चर्को गुट बन्दी भएको कारण पनि देउवालाई सरकार गठनको लागि निकै कठिनाई छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा आफ्नो समुहको तर्फबाट समान हैसियतमा मन्त्रीको संख्या मागेका छन् ।
देउवा निकट स्रोत भन्छ तर महत्वपूर्ण मन्त्रालय र महत्वपूर्ण व्यक्तिहरु पौडेल समुहको सिफारिसमा छुट्दैनन्। यो पटक पौडेल समुहबाट अर्थमन्त्रीमा महेश आचार्यको नाम चर्चामा छ। पटकपटक अर्थ मन्त्री बनेका रामशरण महतका ठाउँमा यो पटक पौडेलले आचार्यलाई पठाउन चाहेका छन्।
आचार्यलाई पठाउँदा मोरङ र कोइराला परिवारको पनि प्रतिनिधित्व हुने बुझाइमा देउवा समेत छन्। महोत्तरीकी किरण यादव मन्त्री बन्नेमा पर्छिन भने सोलुखुम्बुका बल बहादुर केसी पनि पौडेल समुहबाट पर्न सक्छन। कास्की पोखराबाट दलित समुदायको प्रतिनिधित्व गर्दै पौडेल समुहबाट जीवन परियार मन्त्रिमण्डलमा पठाइन सक्छन। स्याङजाका धनराज गुरुङ पनि अर्का सम्भावित मन्त्री हुन्।
त्यस्तै कृष्ण सिटौला समुहको पनि कोहि न कोहि मन्त्रीमा पठाउनु पर्ने अबस्थामा देउवा छन् । साथै यसपालीको सरकारमा शेखर कोईराला पनि परराष्ट्र मन्त्री पाए मात्र सरकारमा जाने नत्र नजाने भएको कारण उनलाई पनि समेट्न देउवालाई हम्मेहम्मे पर्ने छ ।




