Print

पर्वतमा एमालेले बनायो कांग्रेसलाई हाफ र माओवादीलाई पत्तासाफ

६ जेठ, पर्वत । चुनाव अगाडी धेरै बहस र छलफल हुने चोकहरुमा हिजो आज एमालेको मात्रै कुरा छ । त्यसमा पनि पर्वतमा नेपाली कांग्रेसले राम्रै मतका साथ एमालेलाई जित्छ र माओवादी केन्द्र स्थापित पार्टीको रुपमा नै अगाडी आउँछ भन्ने सबैको आकलन थियो । तर नतिजा यस्तो आयो कि एमालेलेका कार्यकर्ताले पहिला पहिला नारा लगाए झै कांग्रेस हाफ माओवादी पत्तासाफ नै भयो ।

जसमा घोषित ७ स्थानीय तह मध्ये पर्वतमा ४ मा एमाले, ३ मा कांग्रेस विजयी भएको छ । ७ वटा स्थानीय तह रहेको पर्वतमा फलेवास नगरपालिका, महाशिला गाउँपालिका, मोदी गाउँपालिका र बिहादी गाउँपािलकामा एमाले विजयी भएको हो भने, जलजला गाउँपालिका, कुश्मा नगरपालिका र पैयू गाउँपािलकामा नेपाली कांग्रेस विजयी भएको छ । फलेवासमा एमालेका पदमपाणी शर्मा प्रमुखमा विजयी भएका छन भने उपप्रमुखमा एमालेकी मञ्जु अधिकारी विजयी भएकी हुन ।

यसैगरी महाशिला गाउँपालिको अध्यक्षमा एमालेका राजु पौडेल विजयी भएका छन भने उपाध्यक्षमा हिराकुमारी राना विजयी भएकी छिन । उता, विहादी गाउँपालिकामा भने एमालेका कमल भुषाल अध्यक्षमा विजयी भएका छन । यसैगरी उपाध्यक्षमा डम्मर कुमारी गुरुङ विजयी भएको जिल्ला निर्वाचन कार्यालय पर्वतले जनाएको छ ।

जिल्लाको जलजला गाउँपालिकामा भने कांग्रेसका रामकृष्ण मल्ल र उपाध्यक्षमा सिमा गर्बुजा निर्वाचित भएकी छिन । उता, पैयू गाउँपालिकामा भने नेपाली कांग्रेसका खगेन्द्र तिवारी अध्यक्ष पदमा निर्वाचित भएका छन । उपाध्यक्ष पदमा भने कांग्रेसकी जसमति गुरुङ निर्वाचित भएकी छिन । यसैगरी कुश्मा नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र जोशी र उपप्रमुखममा कंग्रेसकै सिता लामिछाने विजयी भएकी छिन । उता, मोदी गाउँपालिकामा भने एमालेका प्रेम पौडेल अध्यक्ष पदमा र उपाध्यक्ष पदमा एमालेकै सेती महत विजयी भएकी छिन ।

यसैगरी जिल्लाका ६१ वटा वडा मध्ये ३७ स्थानमा एमालेले विजयी हासिल गरेको छ भने २० वडामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । यता, माओवादी केन्द्रले ४ वटा वडामा विजयी हासिल गरेको छ । यो मतपरिणामसंगै पर्वतमा नेकपा एमाले पहिलो पार्टी बन्न सफल भएको छ ।

दुईवटा गाउँपालिकामा मात्रै उपस्थिती देखाउन सफल माओवादी पार्टी तेस्रो शक्तिको रुपमा देखिएको छ । अधिकांश वडा, नगर र गाउँमा जमानत जफत भएको माओवादी बाहेकका पाटीले भने कुनै पनि वडामा उपस्थिती देखाउन सकेनन ।

अब स्थानिय तहका अन्य निकायहरुमा एमालेले आखाँ लगाउन शुरु गरेको जस अन्र्तरगत जिल्ला सम्वन्यय समिमिमा एमाले कै नेतृत्व एकल रुपमा पुग्ने अबस्था आयो भने गाउँ र नगरका परिषद्हरुमा पनि नेपाली कांग्रेसलाई जिल्ला भरी अप्ठारो अबस्था आयो । यता माओवादी केन्द्रको सहभागीता भने भए पनि र नभएपनि हुने अबस्थामा दुबै पार्टी पुगेका छन् ।