६ जेठ, पर्वत । फलेवास नगरपलिकाका प्रमुख पदमपाणी शर्मा र उपप्रमुख मञ्जु अधिकारीले आफ्नो पदबहाल सम्हाल्नुभएको छ । हालै निर्वा्चित हुनुभएका शर्मा र अधिकारीले स्थानिय तह स्वायत्त शासन ऐन अनुसार सपथ खाएपश्चात आफ्नो पद शुक्रबार बाटनै सम्हाल्नुभएको हो ।
पदबहाल सम्हाल्दै शर्मा र अधिकारीले आफुलाई अमुल्य मत प्रदान गरि बिजयी गराउनुहुने सम्पुर्ण नगरबासी प्रति कृतज्ञता जाहेरगर्दै आफु सधै जनतकाको काम कार्यमा कुनै कसुर बाकीँ नराखी तल्लिन रहिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँहरुले मुलक र जनता प्रति बफादार रहि सत्य निष्ठापूर्वक फलेवास नगरपालिकामा आफुले सम्हालेको पदको कामकाज कानुनको अधिनमा रहेर मुलुक र जनताको भलो चिताई पक्षपात तथा पूर्वाग्राह नराखी ईमान्दारीता पुर्वक काम गर्ने बताउनुभयो ।
नवनिर्वाचित नगरप्रमुख पदमपाणी शर्माले सधै जनताको साझा प्रतिनिधीको रुपमा काम गर्ने बताउनुभयो । उहाँले खुल्ला आकाश मुनी रहेको नगरपालिका लाई व्यवस्थित गर्ने जिम्मेवारी अब आफ्नो काँधमा आएको बताउदै फलेवास लाई समृद्ध र बिकासले भरिपुर्ण बनाउन तत्कालिन दीर्घकालिन र अल्पकालिन गुरुयोजना तयार गरी काम कार्य अगाडी बढाउने दृढता व्यक्त गर्नुभयो ।
विद्यालयहरुमा गुणस्तरीय शिक्षा प्रदान गर्न, स्वास्थ्य सेवा तथा खानेपानीको पहुँच सवै नागरिकहरुलाई पु¥याउन, साविकका सवै वार्ड तथा टोलहरुमा पक्की सडक पु¥याउनका लागि तत्काल काम कार्यमा जुट्ने बताउनुभयो । नगरपालिकाका हरेक कार्यहरुमा जनताको साथ मिल्ने अपेक्षा गर्दै नवनिर्वाचित नगर उपप्रमुख मञ्जु अधिकारीले नगरपालिकालाई व्यवस्थित गर्न धेरै चुनौती रहेकाले नगरबासीको साथ मिल्नुपर्नेमा जोड दिनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, सडक, बिद्युत, खानेपानी तथा समग्र विकास निर्माण र मानविय विकासमा निरन्तर लागिरहने बताउनुभयो ।
यसैगरी, गत वैशाख ३१ गते सम्पन्न स्थानिय तहको चुनावबाट निर्वाचित कुश्मा नगरपालिकाका जनप्रतिनिधिहरुको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतको आयोजनामा भएको सपथ ग्रहण कार्यक्रममा बोल्दै नवनिर्वाचित कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले जनतालाई शिरमाथि राखेर जनमुखि सेवामा सक्रिय रहने प्रतिवद्धता जनाएका छन् । समग्र नगरपालिकाको विकास र समृद्धिका साथै आम नगरबासीहरुलाई प्रत्यक्ष रुपमा राज्यको प्रत्याभूति दिलाउनेगरी काम गर्ने उनले प्रतिवद्धता जनाएका हुन् ।
आफुले निर्वाचनमा जाँदै गर्दा नगरभित्रका समग्र विषयलाई समेटेर प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेको बताउँदै उक्त प्रतिवद्धता पत्रमा उल्लेखित सवै कामहरु अक्षरसः पालना गर्ने घोषणा पनि उनले गरेका छन् ।
झण्डै दुई दशकपछिको अन्तरालमा ऐतिहाशिक जिम्मेवारी आफुमा प्राप्त भएको बताउँदै जोशीले कुनै पक्ष र विपक्षको रुपमा भेदभाव नगरी आफ्नो कार्यकालसम्म सवै नगरवासीहरुको समृद्धिको लागि काम गर्ने बताए ।
सो अवसरमा मुख्य निर्वाचन अधिकृत तथा पर्वतका जिल्ला न्यायधिश मोहनराज भट्टराईले नगरप्रमुख जोशी र उपप्रमुख सिता काफ्ले लामिछाने तथा वडा अध्यक्षहरुलाई सपथ खुवाउनुभएको थियो । साथै नव निर्वाचित नगरप्रमुख जोशीले नगर भित्रका १४ वडाका ५६ जना सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । समथ ग्रहण गराउँदै उनले जसरी जनताहरुले मत दिएर बिजयी गराए त्यसैगरी नगरवासी जनताको रुपमा निस्वार्थ रुपले लाग्न आग्रह गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शुम्भुप्रसाद मरासिनीले जनप्रतिनिधि विहिन अवस्थामा राज्यले जुन खालका समस्या भोग्नु परेको थियो अब त्यो परिपुर्ति भएको बताउँदै जनप्रतिनिधिहरुले जनताको सेवालाई मुख्य लक्ष ठानेर काम गर्न आग्रह गरे । उनले अब निर्वाचित जनप्रनिधि र कर्मचारीहरु मिलेर गाउँ, बस्ती र नगरक्षेत्रको विकासमा नमुना कार्यहरु गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मुख्य निर्वाचन अधिकृत मोहनप्रसाद भट्टराईले स्थानिय तहको चुनावजस्तो ऐतिहासिक कार्यभार सम्पन्न गर्नका लागि सहयोग पु¥याउने राजनीतिक दल, सुरक्षाकर्मी, सञ्चारकर्मी, कर्मचारी लगायतलाई धन्यवाद समेत व्यक्त गरेका थिए ।
कार्यक्रमको संचालन जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले गरेका थिए । यसैबीच नगर प्रमुख र उपप्रमुख जोशी र लामिछानेले शुक्रवारदेखिनै आफ्नो पदस्थापन समेत गरेका छन् ।




