२५ वैशाख, पर्वत । आसन्न स्थानिय तहको निर्वाचनको मिति नजिकै जादा देश भरि नै चुनावी माहोल बढिरहेको छ । यस्तै पर्वतको महाशिला गाउँपालिकामा पनि चुनावी रौनक बढिरहेको छ । चुनाव हुने निश्चित भए सगै विभिन्न दलका नेताहरु सगै सर्वसाधारण चुनावी प्रचार प्रसारमा सक्रिय रुपमा देखीना थालेका छन । विशेष गरी नेपाली काग्रेस, एमाले र माओवादीका नेता तथा कार्यकर्ताहरु आफ्नो पार्टिलाई जिताउन दौडधुपमा लागेका छन् ।
विहानबाट बेलुका सम्म विभिन्न पार्टिहरु प्रचार प्रसारमा व्यास्त रहेको त्यहाका नेताले बताएका छन । स्थानियका अनुसार काग्रेस र एमालेको चुनावमा कडा प्रतिस्पर्धा हुने देखीको बताएका छन नेपाली काग्रेसको तर्फबाट गाउँपालिका प्रमुखमा युवा नेता उज्वल गुरुङ उम्मेदवार रहेका छन । भने एमालेको तर्फबाट राजु प्रसाद पौडेल रहेका छन । गुरुङ लामो समय देखी राजनितिमा भिजेका उम्मेदवार हुन । र समाजसेवामा पनि त्यति नै सत्रिय देखीन्छन । उनले आफुको जित लगभग निश्चित भएको दावि पनि गरेका छन । त्यस्तै एमालेका उम्मेदवार शर्मा पनि राजनितिमा लामोे समय देखी अग्रहसर छन ।
उनी नेकपा एमाले पर्वतका लिल्ला निर्वतमान उपाध्यक्ष पनि हुन र उनी राजनिति सगै समाज सेवामा पनि त्यतिनै सक्रियता भएकाले उनको लोकप्रियता महाशिलामा बढी नै देखीन्छ । र उनले पनि आफ्नो जित सुनिश्चित रहेको दाबी गरेका छन । यता माओवादीका उम्मेदवार रुपनारायण अधिकारी पनि राजनितिमा सक्रिय रुपमा लागिरहेका छन । यो सगै महाशिला गाउँपालिका वडा अध्यक्षका उम्मेदवारहरु पनि चुनावी प्रचार प्रसारमा उति नै सक्रियताका पुर्वक लागिरहेका छन । – दिपेश विश्वकर्मा




