२४ वैशाख, पर्वत । समृद्धि,समानता र सवल राष्ट्रको आधार गाउँ देखि केन्द्र सम्मै एमालेको सरकार भन्ने मुलनारा बोकेर नेकपा एमाले फलेवास नगर कमिटि गाउँ गाउँ पसेको छ । करिब २० बर्ष पछी बैशाख ३१ ग्ते हुन लागेको स्थानिए तहको निर्वाचनमा एमाले लाई पहिलो पार्टी बनाउने उद्देश्यले उक्त नारा लिएर पर्वतको फलेवास नगरपालिका वडा नं.७ लिमिठाना र वडा नं. ८ ठानामौलामा घरदैला तथा सभा गरेको हो ।

आगामी स्थानीय तहको निर्वाचनमा एमालेको पक्षमा मत माग्न आयोजीत उक्त घरदैलो कार्यक्रम पछि आयोजीत सभामा नेकपा एमाले नेता मोती पौडेलले नेकपा एमाले देशको पहरेदार भएको बताउदै सर्वहारा श्रमजीवी बिपन्न जनताको प्रतिनिधीत्व गर्ने पार्टी भएकोले एमाले लाई मतदान गर्न आग्रह गर्नुभयो । उहाँले अहिँलेको सरकारको कुनै नैतिकता नभएको भन्दै देशको महिला प्रधानन्यायाधिस शुसीला कार्की माथी महाअभियोग लगाएर स्वतन्त्र न्यालय माथी ठाडो हस्तपक्षेत गरेको बताउनुभयो । आफु र्काबाहीमा पर्ने डरले राजनितिक दलले महाअभियोग लगाएर कार्की लाई पन्छ्याउन खोजेको उहाँको भनाई थीयो ।
त्यस्तै नेकपा एमाले प्रदेश लेखा आयोगका सदस्य देबेन्द्रराज पाण्डेले जनता सगँ जोडिएका मुद्धाहरुमा र राष्ट्रिय स्वाधीनता,सार्वभौसक्त र राष्ट्रिय अस्मिताको रक्षा गर्ने पार्टी मात्र एक एमाले रहेको दाबी गर्नुभयो । उहाँले समृद्धशाली मुलुक निर्माण गर्न तथा राष्ट्रियता र स्वाधीनताको रक्षा गर्न एमाले लाई मतदान गर्नुपर्नेमा जोड दिनुभयो ।
एमालेको तर्फबाट फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्मा र उप प्रमुख मञ्जु अधिकारीले चुनावी अभियानको क्रममा आफ्नो पक्षमा मतदान गर्न आब्हान गर्नुभएको थीयो उहाँहरुले अन्त्यान्तै संर्घष गरेर एमालेको अगुवाईमै फलेवास नगरपालिका बनाईएको बताउदै अब कागजमा लेखिएको फलेवास लाई कार्यान्वयनमा उतार्दै यस नगरलाई समृद्धशाली बनाउने प्रतिबद्धता जाहेर गर्नुभयो । उहाँले फलेवास नगर सगँ जोडिने प्रत्येक वडाहरुमा २ बर्ष भित्र कालेपत्रे गर्ने बताउदै स्वास्थ्य,शिक्षा,खानेपनि,बिधुत,पर्यटन लगाएतका पुर्वाधारलाईलाई थप सुदृढगर्दै व्यवस्थीत गर्नेे बताउनुभयो । उहाँहरुले आफुहरु लाई अत्याधिक बहुमतले बिजयी गराउन आग्रह गर्दै एमालेको नेतृत्वमा स्थानिए सरकार बनाउने अवसर प्रदान गर्न अनुरोध गर्नुभयो ।
निर्वाचन लक्षित उक्त अभियान अन्तर्गत ३० जना नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ता एमालेमा प्रवेश गरेका छन । प्रबेश गर्नेहरुमा नेकपा माओवादी गाउँ कमिटि उपाध्यक्ष मन बा. क्षेत्री,पुर्व उपाध्यक्ष लाल बा.सार्की,राम बा. कुवँर,सोभाखर राजु नेपाली,रामु कुवँर,रामु कुवँर,युद्ध प्रसाद कुवँर नेपालि काङग्रसका पुर्ण बा. नेपालि भिम बा. नेपालि तुल बा.कुवँर लगाएत हुनुहुन्छ ।
कार्यक्रममा एमाले जिल्ला कमिटि पुर्व सदस्य शारदा कु.शर्मा,जिल्ल कमिटि सदस्य उपेन्द्र थापा,सुरक्ष लमिछाने खेलकुद महासघं सदस्य बिन्दु अधिकारी, धौवलागीरी काठमाडौँ सम्पर्क मञ्चका पुर्व सचिब पुर्ण गौतम,एमालेका वडा अध्यक्ष उम्मेदवार हरिराम रेग्मी,ठानामौलाका अध्यक्ष उम्मेदवार मान बा. कुवँर,बिदुर रेग्मी लगाएतले बोल्नुभएको थीयो । माधब पराजुली
Print
फलेवासमा जाग्यो एमाले, एकै गाउँबाट ३० कार्यकर्ता एमालेमा



