Print

कांग्रेसको गढमा यसरी छि¥यो एमाले पर्वत (भिडियो सहित)

२१ वैशाख, पर्वत । नेपाली कांग्रेसको गढ मानिने पर्वतको चुवामा एमालेले चुनावी अभियानलाई तिव्र बनाएको छ । एमालेको कुश्मा नगरपालिका स्थित नेपाली कांग्रेसको बर्चश्व मानिएको चुवामा एमालेले विहिबार घरदैलो र चुनावी अभियान चलाएको हो । नगरपालिकाका प्रमुख, उपप्रमुख सहितका उमेदवारहरु सग्लन्न प्रचार प्रसार टोलीले चुवाका सवै वस्तिमा मत माग्दै पुगेको थियो । चुनावी अभियान पछि नगर प्रमुख पदका उमेदवार मेघनाथ सुवेदीले मतदाताहरु एमालेको पक्षमा मतदान गर्न निकै उत्साहित रहेको दावी गरे । उनले एकतन्त्रात्मक हुकुमी शासनको अन्त्यमा चुवाबासी एकजुट हुन लागेको समेत उनले बताए ।

भिडियो