११ वैशाख, पर्वत । बैदेशिक रोजगारिको शिलशिलामा कतारको दोहामा रहेका प्रवासी नेपालीले पर्वतको बिहादी गाउँपालिका वडा नं. १ बाच्छा स्थित धामीक ऐतिहासिक महत्व बोकेको बच्छेश्वर कोटमा मन्दिर निर्माण गरेका छन् ।
निश्वार्थ सेवामा हाम्रो चाहना हाम्रो बाच्छा राम्रो बाच्छा भन्ने मुलनारा लिएर कतारमा रहेका नेपालीले स्थापना गरेको बाच्छा विकास हाम्रो अभियान नामक संस्थालेले करिब २० लाखको लागतमा मन्दिर निर्माण गरेको हो ।
बैदेशिक रोजगारिको शिलशिलामा बिदेशमा गएका बाच्छा बासीहरुले उक्त स्थान धार्मीक पर्यटकीय दृष्टिले धेरै राम्रो हुदा हुदै पनि प्रचार प्रसारका कारणले ओझेलमा परेको भन्दै आफुहरुले कमाएको मासिक तलबको ४० प्रतिशत रकम जम्मा गरेर मन्दिर निर्माण गरिएको संस्थाका सचिब अनिल क्षेत्रीले बताउनुभयो ।प्रशिद्ध धार्मिक स्थल बच्छेश्वर लाई धार्मिक तथा ऐतिहासिक पर्यटकीय स्थलको रुपमा विकास गरिनुपर्नेमा प्रवासीहरुले जोड दिएका छन् ।
साथै उनीहरुले उक्त स्थान लाई धार्मीक पर्यटकीय विकासका लागि सरकारले ध्यान दिनुपर्ने जोड दिए छन् । उक्त कोटमा पुजा अर्चना गरेमा मनोकांक्षा पुरा हुन्छ भन्ने जनबिश्वास छ । उक्त ठाउँबाट धौलागीरी,माच्छापुच्छ्ररे,अन्नपुर्ण लगाएतका हिमालको दृश्यावलोकन गर्नसकिन्छ भने कालिगण्डकी नदी तथा देउरालीकोट देविस्थान जस्ता प्रसिद्ध धार्मीक स्थल देख्न सकिन्छ ।
मन्दिरको उद्घाटन पर्वत क्षत्र नं. २ का सांसद विकास लम्सालले गर्नुभएको हो । उद्घाटन गर्दै सांस्द लम्सालले प्रवासीहरुको सक्रियता देखेर पर्वत क्षेत्र नं.२ का साम्सद विकास लम्सालले युवाहरूले गर्न लागेको काममा स्थानीएले साथ दिएमा गाउँको विकास हुने बताउनुभयो । उहाँले बिदेशमा रहेका युवाहरूको आफ्नो गाउँ प्रतिको माया देखेर खुलेर प्रसंम्सा गर्नुभयो । विदेशमा लागेका युवाहरूलाई स्वदेशमा रोजगारको अबसर प्रदान गर्न सकिने बताउदै लम्सालले बच्क्षेश्बर कोट मन्दिरले विश्बका हजारौं पर्यटन भित्र्याएर सहयोग पुग्ने बताउनु भयो । यस क्षेत्रलाई धार्मिक एवं पर्यटकीय स्थलको रुपमा विकास गरेर अगाडि बढ्नुपर्ने बताउदै बच्छेश्वर धार्मिक महत्वको बोकेको स्थान भएपनि प्रचारप्रसाको अभावमा ओझेलमा परेकोले सबैले यसको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले उक्त स्थान लाई पर्यटकीय मार्गको रुपमा विकास गर्नको लगाी आफ्नो पहलमा गाईथुने देखि बच्छेश्वरकोट सम्म जान पैदल मार्गको कार्य धमाधम अगाडी बढेको जानकारी गराउदै उक्त स्थान अब छिट्टै पर्यटक मार्गको रुपमा विकास हुने दाबी गर्नुभयो । पर्वतको सेतीवेनी,कालीगण्डकी,महाशिला नजिक भएपनि उक्त स्थान ओझेलमा परेको भन्दै स्थानीय चिन्तित देखिएका छन् । सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गायक चोलेन्द्र पौडेल,चन्द्रा कार्की र माधब पराजुलीले उपस्थित दर्शकलाई मनोरन्जन दिलाएका थिए ।– माधब पराजुली,




