१० बैशाख, पर्वत । नेपाली काँग्रेस पर्वतले कुस्मा नगरपालिकाका वडाहरुमा टिकट वितरणको तयारी गरेको छ । विभिन्न वडाबाट सिफारिस भई आएकाहरु मध्येबाट काँग्रेसले टिकट वितरणका लागि मापदण्ड बनाएर तयारी थालेको हो ।
काँग्रेस स्रोतका अनुसार सोमबार र मंगलबार सबै वडाका अध्यक्ष तथा सदस्यहरुको टिकट वितरणको काम सक्ने बताइएको छ ।
सर्वसम्मत भई आएका वडाहरुलाई अनुमोदन गर्ने तथा विवाद भएका वडाहरुमा परामर्श गरि टुंगाउने बताईएको छ । सबै वडाहरुमा मिलाएर लोकप्रिय उम्मेदवारहरुलाई टिकट दिने र त्यसका लागि तयारी भईरहेको बताईएको छ ।
कुस्मा नगरपालिकामा सम्भावित वडा अध्यक्षहरु
वडा नं. १ हेम शर्मा, वडा नं. २ गुप्तनिधी शर्मा, वडा नं. ३ मा कृष्ण प्रसाद शर्मा, वडा नं. ४ मा मिना कर्माचार्य, वडा नं. ५ मा कमलनाथ पोखरेल, वडा नं. ६ मा किशोर भण्डारी, वडा नं. ७ मा केशब प्रसाद उपाध्यायले टिकट पाउने सम्भावना प्रवल रहेको बुझिएको छ ।
त्यस्तै गरि वडा नं. ८ मा चन्द्र प्रसाद शर्मा, वडा नं. ९ मा बिष्णुहरी पराजुली, वडा नं. १० मा नर बहादुर केसी, वडा नं. ११ मा मिन बहादुर नेपाली, वडा नं. १२ मा हेमराज सापकोटा, वडा नं. १३ मा अर्जुन सुबेदी र वडा नं. १४ मा ओमकार गुरुङ रहेको बुझिएको छ ।
यी मध्ये साबिक शिवालय गाविसका केही वडा, चुवा, र आर्थरमा केही विवाद भएपनि समाधान गर्ने गरि टोली परिचालन गरिएको नेपाली काँग्रेस पर्वतले जनाएको छ । यसरी टिकट पाउने र निर्बिरोध भएका वडाहरुमा पनि देउबा पक्षको पकड रहेको बताईएको छ ।




