७ वैशाख, पर्वत । आसन्न स्थानिय तहको निर्वाचनमा फलेवास नगरपालिकामा नेपाली काँग्रेसमा आकांक्षी बढि देखिएका छन् । फलेवास नगरपालिकामा काँग्रेसमा मयेर पदमा आकांक्षी अन्य दलमा भन्दा बढि देखिएको छ । नेपाली काँग्रेसवाट मेयर पदका लागि दश जना आकांक्षी देखिएका छन् भने उपमेयरका लागि पाँच जना आकाक्षी देखिएका छन् ।
मेयरका लागि काँग्रेसवाट महासमिति सदस्य तथा शहिद पुत्र गंगाधर तिवारी, महासमिति सदस्य राधाकुमारी क्षेत्री, पूर्व महाधिवेशन प्रतिनिधी गंगाराज शर्मा, पार्टी सचिव युक्तप्रसाद श्रेष्ठ, थापाठानाका सभापति थमानसिँह थापा, जिल्ला कार्य समितिका पुर्व कोषाध्यक्ष कृष्ण गौडेल, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य शैलेन्द्र शर्मा गौडेल,नेपाली काँग्रेसका नेता ढकप्रसाद तिवारी, अर्का नेता ख्यामवहादुर क्षेत्री, विद्यार्थी नेता अच्चुत तिवारी लगायतले मेयरका दावेदार देखिएका छन् ।
यसैगरी उपमेयरका लागि भंगराका सभापति रेखा गुरुङ, नेपाल विद्यार्थी संघका अध्यक्ष मिलन सुवेदी, महाधिवेशन प्रतिनिधी मुना भुषाल, काँग्रेसका नेता पिताम्वर पौडेल र पूर्व महाधिवेशन प्रतिनिधी जितवहादुर नेपालीले दावी गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका पूर्व सभापति नवराज गुरुङले आसन्न स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसलाई बहुमतले जिताउन आग्रह गर्नुभयो । उहाँले काँग्रेसले जितेमात्र देशले निकास पाउने बताउनु भयो । नेता गुरुङले संविधानलाई सस्थागत विकास गर्न र लोकतन्त्रको रक्षाका लागि पनि नेपाली काँग्रेसको जित अपरिहार्य रहेको उहाँको भनाई छ ।
कार्यक्रममा मयेरका दावेदार तथा उपमेयरका दावेदारले आफ्नो दावा प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा नेपाली काँग्रेस फलेवास नगरपालिकाका १३ वटै वडाका सभापतिहरुले आफ्नो भनाई राखेका थिए । नेपाली काँग्रेस फलेवास नगर समन्वय समितिका सभापति हिरामणी सापकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन नेपाली काँग्रेस खानीगाउँका सचिव भिमवहादुर क्षेत्री लम्सालले गर्नुभएको थियो । – साजन परियार




