Print

उमेदवार बन्न जलजलामा कांग्रेसको तर्फबाट दुई यूवा ब्यवसायीको यस्तो छ भिडन्त

७ वैशाख, पर्वत । स्थानिय चुनाव नजिकिएसँगै देशैभर बिभिन्न पार्टीहरुबाट आफ्लाई उमेद्वार घोषणा गर्नेको संख्या दिन प्रतिदिन बढ्दै गएको छ । यहि सन्दर्भमा पर्वतको जलजला गाउँ पालिकाको प्रमुखका लागि नेपाली कांग्रेसको तर्फबाट सबैभन्दा शक्तीशाली उमेदबारको रुपमा काग्रेसका युवा नेता तथा ब्यावसायी बिप्लव हमाल देखिएका छन् । केहि दिन अगाडी नांलीवागं वडाले हमाललाई जलजला गाउँ पालिको प्रमुखको रुपमा टिकट दिन भन्दै पार्टीलाई सिफारिस गरेको छ ।

नेपाली कांग्रेसको संगठन पनि राम्रो भएको छ ब्यक्तीगत छवि पनि राम्रो भएको कारण बिप्लव हमाल नै जलजला गाउँ पालिकामा निर्वाचन जित्न सक्ने उमेदवार भएको बताइएको छ । हमालले भन्छन–‘मलाई धेरै वडाहरुबाट पार्टीको तर्फबाट गाउँपालिकाको प्रमुखमा प्रस्ताव आएको छ ।’ सामाजीक राजनैतिक क्षेत्रमा मात्रै होईन हमाल नेपाली कांग्रेसको केन्द्र देखि तल्लो निकायसम्म राम्रो सम्बन्ध बनाएका नेताको रुपमा परिचित छन् साथै उनी कांग्रेस पर्वतका क्षेत्रिय सदस्य पनि हुन । पेशाले क्रसर ब्यवसायीको रुपमा चिनिएका उनले आफूले टिकट पाउने दावा गर्दै आएका छन ।

स्थानिय तह पुर्नसंरचनाका बेला पर्वतमा सबैभन्दा बढी केन्द्र कहाँ राख्ने भन्ने बिषयमा बिबादित बनेको स्थानिय तह हो जलजला गाउँपालिका । जलजला गाउँ पालिकाको केन्द्र माझफाँट गाबिस भवनमा परेपछि त्यसको बिरोधमा र समर्थनमा धेरै दिन आन्दोलन भएपछि केन्द्र माझफाँट र सम्पर्क कार्यालय मोहनचोकमा राखेर बिबाद तत्कालका लागि समाधान भएपनि जनप्रतिनिधी आएपछि बिबाद फेरी बल्झने छ ।

अहिले केन्द्र बिबादकै कारण जलजलाको नेतृत्वमा को पुग्छ र कसरी समाधान गर्न सक्छ भन्ने बिषय जिज्ञासाको रुपमा रहेको बेला नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष यामबहादुर मल्ल(रामकृष्ण)ले पनि आफु अध्यक्ष बनेमा सबैको चित्त बुझाएर गाउँपालिकाको केन्द्र निर्धारण गर्ने दाबी गरेका छन ।

‘म अध्यक्ष बनेमा केन्द्रको बिबाद सबैको सहमतिमा अन्त्य गर्नेछु’ उनले भने । केन्द्र बिबादमा भेग भन्दा पनि सबैको साझा प्रतिनिधीको रुपमा बिबादलाई समाधान गर्ने योजना रहेको उनले बताए । नेपाली कांग्रेसमा बिद्यालय तह देखि नै सक्रिय भएका मल्ल माझफाँटको गाउँ कार्यसमिति सदस्य हुँदै अहिले जिल्ला कोषाध्यक्ष छन । जलजलामा निर्वाचन जित्ने आफुँ नै सबैभन्दा बलियो उमेदवार भएको बताउँदै मल्लले पार्टीले जित्ने उम्मेदवारलाई निर्वाचनको मैदानमा पठाउनुपर्ने धारणा राख्छन । उनले आफुँ जनप्रतिनिधी बनेको अवस्थामा दुई बर्षमा जलजला गाउँपालिकाको केन्द्र देखि सबै वडाको केन्द्र सम्म पक्की बाटो बनाउने दाबी गरे ।

‘दुई बर्षमा सबै वडा कार्यालयमा पक्की बाटो बनाएरै छाड्छु’ उनले भने । जलजला र हम्पाल क्षेत्रलाई पर्यटकीय क्षेत्र बनाउने, कालीगण्डकीको कटान नियन्त्रण गर्ने, तरकारी पकेट क्षेत्रको रुपमा रहेका नाङ्गलीबाङ्ग, धाइरिङ्ग, शालिजा, लेकफाँट र माझफाँटमा बिषेश पकेट क्षेत्र बनाई बिस्तार गर्ने, कालीगण्डकीको बगरलाई पर्याबरणमा असर नपर्ने गरी ब्यबस्थित रुपमा उत्खनन गरि आम्दानीको गतिलो स्रोतको रुपमा ब्यबस्थित गर्ने योजना रहेको मल्लले बताए । यस बाहेक आफ्नो कार्यकालमा शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि धेरै परिर्वतन गर्ने उनको भनाई छ ।