४ बैशाख, बागलुङ । काठेखोला गाउँपालिका वडा नं. ५ स्थित जुकोपानिमा आज बिहान यात्रुबहाक बस दुर्घटना भएको छ ।
काठमाण्डौंबाट बुर्तिबाङ तर्फ जाँदै गरेकाे ना ६ ख २०६० नम्बरको बस सडकबाट ४० मिटर तल खसेको थियो । बसमा सवार ३० जनामध्ये १५ जना घाइते भएका छन् ।
घाइते मध्ये १ जनाको अवस्था गम्भिर रहेको र ५ जनाकाे धवलागिरि अन्चल अस्पताल बाग्लुङ मा उपचार भै रहेको छ । बस चालक धम्जा प्रहरी चौकि को नियन्त्रणमा रहेको चौकि ईन्चार्ज राम्जि तिवारिले जानकारी दिनुभयो । बस ड्राइभर निदाएकाे कारणले दुर्घटना भएको बसमा सवार घाइते पृथ बहादुर दर्लामिले बताउनु भयो । -रामशरण पोखरेल




